site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

इलाम । बर्खायाम सकिएर मौसम खुलेसँगै जिल्लाका विभिन्न पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ । जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, चियाको हरियाली कन्याम, सानो पाथीभरा, माईपोखरी, सूर्योदयको दृश्यावलोकनको उत्कृष्ट गन्तव्य अन्तु र सीमावर्ती पर्यटकीयस्थलमा भारतीय, पश्चिमा मुलुक र आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको छ । 

यसपटक छिट्टै मौसम खुलेकाले सन्दकपुरमा पर्यटक आवागमन बढेको स्थानीयवासी मनोज भट्टराईले बताए । चाडबाडको समय तथा खुला मौसम भएकाले यहाँका होटल अगाडी नै बुक भइसकेका छन् । सन्दकपुरबाट कञ्चनजंघा, सगरमाथा, कुम्भकर्णलगायत हिमशृङ्खलासँगै सूर्योदय दृष्यावलोकन तथा नेपाल र भारतका थुप्रै स्थान देख्न सकिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पूर्वको हरियाली कन्याममा पनि बनभोज खाने र घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । यहाँ दैनिक एक हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेको स्थानीयवासी काजीमान कागते बताउनुहुन्छ । झापा, मोरङ, काठमाडौँलगायत देशका विभिन्न जिल्लाबाट पर्यटक आएका छन् । यहाँबाट श्रीअन्तु, समालबुङ र कन्याम क्षेत्रको सुन्दर हरियाली देख्न सकिन्छ । 

सिमसार क्षेत्र माईपोखरी घुम्न आउनेको संख्या पनि उल्लेख्य छ । बरबोटे हुँदै १३ किमी सडक पार गरेर पुगिने माईपोखरीमा दैनिक ३०० भन्दा बढी पर्यटक आउने स्थानीयवासी कमल मुखियाले बताउनुभयो । यहाँ विश्वमै लोपोन्मुख गलैँचे झ्याउ, अनौठा खालका चरा, ठकठकेलगायतका पक्षी तथा वनस्पति पाइन्छन् । 

Global Ime bank

विभिन्न प्रकारका लालीगुराँस र लोपोन्मुख रेडपाण्डा, काँडेभ्याकुरजस्ता पशुपक्षी सन्दकपुर क्षेत्रमा पाइन्छन् । कन्काई माईको उद्गमस्थल तीन हजार ६३६ मिटरको उचाइमा रहेको छ । 

भारतको दार्जिलिङबाट सीमावर्ती मानेभञ्ज्याङ हुँदै धेरै पर्यटक सन्दकपुर पुग्छन् । मानेभञ्ज्याङदेखि ३१ किमीमा रहेको सन्दकपुरबीचका मेघ्मा, तुम्लिङ, जौवारी, गैरीवास, कैयाकट्टा र कालपोखरीमा समेत पर्यटक रोकिने गर्छन । नेपालकै बाटो भएर पनि सन्दकपुर पुग्ने पर्यटकको संख्या उल्लेख्य छ । सदरमुकामबाट बिब्ल्याँटे हुँदै सन्दकपुर गाउँपालिकाको मावुबाट सन्दकपुरसम्म सडक जोडिएको छ । माईपोखरी हुँदै माइमझुवा भएर पनि सन्दकपुर पुग्न सकिन्छ । 

“पर्यटक आउन थालेपछि बर्खाभरि बन्द रहेका होटल खुलेका छन्”, माइमझुवाका पेम्वाछिरिङ भोटियाले भने । मुख्य पर्यटकीय मौसममा दैनिक सयौँ पर्यटक आउने गरेका छन् । पर्यटक आगमनले यहाँको पर्यटन व्यवसाय फस्टाएको छ । 

पर्यटकीयस्थलमा पर्यटक आवागमन बढेको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौराली बताउँछन् । पर्यटकीयस्थलको प्रवद्र्धन गर्न समितिले पूर्वाधार निर्माणमा लाखौँ रकम खर्च गरेको छ । यहाँ पूर्वाधारकै कारण पर्यटकलाई आकर्षित गरेको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC