site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । दिपावली सुरु भएसँगै तरकारी तथा फलफूलको भाउ बढेको छ । काठमाडौं उपत्यकामा हप्ता दिन अघिभन्दा अहिले तरकारी तथा फलफूलको मूल्य बढेको छ । तरकारी उत्पादक किसान तथा व्यवसायी लगायत दिपावलीमा व्यस्त भएको कारणले पर्याप्त मात्रामा तरकारी तथा फलफूलको आपूर्ति हुन नसक्दा मूल्यमा प्रभाव परेको व्यवसायीहरुको भनाइ छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति अनुसार हप्तादिन अघिको तुलनामा दिपावली सुरुभएसँगै बजारमा प्रतिकिलो तरकारीको होलसेल मूल्य ६० रुपैयाँसम्म बढेको छ । समितिको अनुसार हप्तादिनमा बजारमा च्याउको होलसेल मूल्य प्रतिकिलो ६० रुपैयाँसम्म बढेको हो ।  गएको हप्ता रू. १०५ रुपैयाँ रहेको च्याउको मूल्य अहिले १६५ रुपैयाँ बढेर पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै गएको हप्ता ४५ रुपैयाँ प्रतिकिलो रहेको काँक्राको मूल्यमा अहिले ४० रुपैयाँ बढेर रू. ८५ पुगेको छ । ५२ रुपैयाँ रहेको परवर रू. ४६ बढेर ९८ रुपैयाँ पुगेको छ । 

प्रतिकिलो हरियो खुर्सानीको होलसेल मूल्यमा २७ रुपैयाँ , स्थानिय काउलीमा १०, मूलामा १६, घिरौलामा १०, हरियो फर्सीमा १० रुपैयाँ बढेकोे छ । बढेर ती तरकारीहरुको प्रतिकिलो मूल्य अहिले १२५, ७२, ३८, ४८ र ४८ रुपैयाँ पुगेको छ ।

Global Ime bank

फलफूलको मूल्य पनि बढ्यो 
समितिको अनुसार हप्तादिनमा फलफूलको मूल्य पनि बढेको छ । गएको हप्ताको तुलनामा अहिले प्रतिकिलो फलफूलको होलसेल मूल्य ४७ रुपैयाँसम्म बढेको छ । गएको हप्ता प्रतिकिलो ४८ रुपैयाँ रहेको नासपाती अहिले बढेर ९५ रुपैयाँ पुगेको छ । गएको हप्ता ४५ रुपैयाँ रहेको केरा अहिले २० रुपैयाँ बढेर रू. ६५ पुगेको छ । १४५ रुपैयाँ रहेको अनार १० रुपैयाँ बढेर १५५ रुपैयाँ पुगको छ ।

त्यस्तै तरबुजामा प्रतिकिलो १७ रुपैयाँ, मौसमीमा प्रतिकिलो १०, मेवामा १० बढेको छ । बढेर ती फलफूलको मूल्य प्रतिकिलो बढेर अहिले क्रमशः ६५, ६५, र ७५ रुपैयाँ पुगेको छ । 

समितिका अनुसार करिब दुई दर्जन तरकारी तथा फलफूलको मूल्य बढेको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC