site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पल्पसा मरेकी छैन
Sarbottam CementSarbottam Cement

– विशद दहाल


 

दृश्यलाई के लाग्यो, पल्पसा त्यति सजिलै मारिई ? के पल्पसा त्यति कमजोर भाग्य भएकी केटी थिई, जसको जीवन एक पलमै सकियो ?

Prabhu Bank
Agni Group
NIC Asia

सधैँ देखिएका र लेखिएका कुरा मात्र सत्य हुँदैनन् ।

हो ! पल्पसा मरेकी छैन । उसले त अझ धेरै बाँच्नु छ । धेरै भोग्नु छ । र, मर्नुभन्दा अघि यो पनि जान्नु छ कि दृश्य उसको लागि लायक नै थिएन ।

Global Ime bank

पल्पसाले दृश्यलाई चिन्न सकिन अनि दृश्यले पल्पसालाई बुझ्न सकेन । पल्पसा जो सानैदेखि पश्चिमी रहनसहन र 'स्टे टुगेदर'को संस्कृतिमा हुर्केकी थिई–– बोल्ड थिई । के ऊ हिन्दी फिलिमको सत्यसावित्री झैं सधैं दृश्यको यादमै सारा जीवन व्यतीत गर्ने सोचमा थिई ?

कदापि होइन । दृश्यले महिनौं वास्ता नगरिसकेको पृष्ठभूमिमा पल्पसा (जो 'पोलिग्यामस रिलेसनसिप' देखेर हुर्केकी थिई) चुप बस्ने मनस्थितिमै थिइन । त्यो रात पनि पल्पसा मसँग थिई, जुन रात दृश्यले सोच्यो– पल्पसा मारिई । अझ साँचो भन्नुपर्दा ऊ एक्लै पश्चिम पहाडको द्वन्द्वग्रस्त क्षेत्रमा डकुमेन्ट्री बनाउन गएकै थिइन । हामी दुवै त्यो प्रोजेक्टमा सँगै थियौँ ।

 

० ० ०

 

दृश्य उही चित्रकार थियो, जसको बारेमा पल्पसाले मलाई हाम्रो सम्बन्ध सुरु हुनुभन्दा पहिले नै बताइसकेकी थिई । ऊ हरायो भन्ने कुरा सुनिसकेपछि मैले करिब २-३ महिना विभिन्न स्रोतबाट उसको खोजी गरें तर ऊ कतै फेला परिन । मनमनै लाग्यो, द्वन्द्वको बेला छ, कतै क्रसफायरिङमा मरिसक्यो ।

तर, त्यो रात जब डकुमेन्ट्री सकेर हामी फर्किंदै थियौँ, दृश्य हामी चढेकै बसमा आएर चढ्यो । सुरुमा त पल्पसा आत्तिएकी थिई । पछि मसँग अनुमति मागेर उसैको समिपमा गएर बसी । त्यो घटनाले मलाई ठूलो बज्रपात भयो । लामो समय हराएर अचानक भेटिएको दृश्यप्रति पल्पसाले देखाएको आशक्ति मेरा लागि सानो चोट थिएन ।

पल्पसाको सौन्दर्य, उसको व्यवहार, उसको सोच्ने तरिका ! ओहो ! मेरा लागि ऊ अक्सिजनभन्दा कम महत्वपूर्ण थिइन । हाम्रो पहिलो भेट न्युयोर्कमै भएको थियो । देशमा भविष्य नदेखेपछि म फिजिक्स पढ्न अमेरिका हानिएको थिएँ । पढ्दै सानो–तिनो जागिर पनि गर्थें ।

यसपटक भने धेरै दिनको कसरतपछि एउटा खैरेको आर्ट ग्यालरीमा जागिर पाएको थिएँ । चित्र बनाउन नजानेकाले नै बायोलोजी छाडेर फिजिक्स रोजेको मेरा लागि क्यानभास भन्नु 'कालो अक्षर भैंसी बराबर' नै थियो । तर दुइ-चार पट्यारलाग्दा दिनपछि मैले त्यो ग्यालरीमा जे देखें, त्यो मेरा लागि सानो खुसीको बहाव थिएन ।

एसियाली वर्णकै एक सुन्दर युवती घण्टौं त्यो ग्यालरीमा आएर घोत्लिरहन्थी । लामो कालो कपाल, हँसिलो मुहार अनि फरासिलो स्वभाव । 'लभ एट फर्स्ट साइट' भन्ने कुरा सुनेको मात्रै थिएँ तर त्यस दिन आफैंले महसुस गरें । आफ्नो धैर्यलाई मैले धेरै दिन कायम राख्न सकिनँ । फटाफट उसको समिपमा गएँ र मित्रताको हात अघि बढाएँ ।

"हाई ! आई एम विशाल फ्रम नेपाल, आइ वर्क एट दिस ग्यालरी ।"

मेरो वाक्य टुंगिन नपाउँदै उसको मुहारमा कान्ति छाइसकेको थियो । 

"ओ माई गड ! तपाईं नेपाली हो ? सो लक्की टु सी अ नेपलिज गाई हिअर । मेरो नाम पल्पसा हो ।"

मैले हात बढाएको थिएँ, उसले हग गर्न खोजी । मलाई निकै अप्ठ्यारो लाग्यो ।

ऊ साँझसम्म ग्यालरीमा बसेर चित्र हेर्थी । म भने उसलाई मौका मिलेसम्म हेरिरहन्थें । पछि-पछि हाम्रो मित्रता ग्यालरीभित्र मात्रै सीमित रहेन । न्युयोर्कका रेस्टुराँ, पार्क अनि स्ट्रिटहरुमा हामी घण्टौं गफिन्थ्यौँ । हाम्रो सम्बन्ध झ्याङ्गिँदै थियो ।

आफ्नो कलाप्रतिको आशक्ति, घर-परिवारसगँको टकराव– सबै कुरा उसले मलाई नलुकाई भन्थी । घरमा छोरीको विवाह पीएचडी गरेको केटासँग गरिदिने निर्णय भएको रहेछ तर पल्पसा आफ्नो स्वतन्त्रता चाहन्थी । म मनमनै सोच्थें, "फिजिक्समा पीएचडी सकेकै दिन तिम्रो हात माग्न तिम्रै घर आउनेछु मैया ।"

शायद फलाम तातिसकेको थियो, मौका र बखत बिचार गरेर प्रहार गर्नमात्र बाँकी थियो ।

अर्थात म संसारलाई बताउन चाहन्थेँ पल्पसा र मेरो सम्बन्धको बारेमा । उसलाई पल्पसाबाट 'मेरी पल्पसा' बनाउन चाहन्थेँ, मात्र मेरी ।

 

० ० ०

 

आज ग्यालरी जानुअघि सानो पत्र लेखेँ, साथमा केही गुलावहरु । सदाझैं आज पनि ठीक ११ बजे ग्यालरी पुगें, पल्पसा २ बजे आउँथी । तर, आजको दिन अरु दिनभन्दा निकै फरक थियो । मुटुको गति बढिरहेको थियो तर समयले आफ्नो धर्म पट्क्कै छाडेको थिएन । घडीको सुइँ मन्द-मन्द आफ्नै गतिमा चलिरहेको थियो ।

४ बज्यो तर पनि पल्पसा आइन । लाग्यो- केही काम परेको हुनुपर्छ । उसको मोबाइलमा सम्पर्क हुन सकेन । दिनहरु बिते, गुलाव मुर्झायो, पत्रको मसी सुक्यो तर खै किन- पल्पसा आइन ।

सात दिनपछि आफूलाई जेनी बताउने एकजना महिला ग्यालरीमा मलाई खोज्दै आई । हस्याङ–फस्याङ गर्दै आफ्नो ब्यागबाट पत्र निकालेर मेरो हातमा थमाइदिई अनि हावाको वेगझैं त्यहाँबाट अलप भई । पल्पसाको पत्र रहेछ । खामबाट झिकें अनि एकै सासमा पढ्न थालेँ ।

'आत्मीय मित्र' भनेर सम्बोधन गरेकी रहिछ । पत्र पढेर सकिँदा म पूरै गलें । करङको कापबाट रगत बगेर सिधै पैतालामा पुगेझैं लाग्यो । हातगोडा लल्याक–लुलुक भए । उसले लेखेकी थिई, "घरमा धेरै नै टर्चर भएपछि नयाँ सिराबाट जीवन सुरु गर्न सदाका लागि नेपाल जाँदैछु । यो पत्र तिम्रो हातमा पर्दा शायद म काठमाडौंमा ल्यान्ड गरिसकेकी हुनेछु । पछिल्ला दिनयता तिमीले हाम्रो मित्रतालाई बिल्डअप गरेर अर्कै नाम दिन लागेको मलाई भान भइरहेछ । प्लिज मलाई बिर्सिदेऊ ।"

निमेषमै मेरा सारा सपना भताभुङ्ग भए । मेरो प्रेम एकतर्फी मात्र रहेछ भन्ने प्रमाणित भयो । कैयौं दिनसम्म निदाउन सकिनँ ।

 

० ० ०

 

एक बिहान मेरो मनमा अनौठो ऊर्जा जागृत भयो । नयाँ सोचले जन्म लियो । अमेरिकामै स्थायी रूपमा बस्न पाऊँ भनी लिएको 'पीआर'को आवेदन फर्म च्यातेर फालिदिएँ । म पल्पसालाई फलो गर्न चाहन्थें । मित्र भएरै सही- ऊसँग नजिक हुन चाहन्थें । किनभने, मलाई अर्की पल्पसा चाहिएकी थिइन । पढाइ र करिअरको परवाह गरिनँ । कसैलाई सुइँकोसम्म नदिई म काठमाडौं फर्किएँ ।

पल्पसा र मबीचको ग्याप महिनौंको भइसकेको थियो । उपन्यासमा भनिएजस्तै यो बीचमा पल्पसा र दृश्य एक–अर्कासग नजिक भएका रहेछन्, जसको सुइँको मैले धेरै पछि मात्र पाएको थिएँ ।

तर, भावीको लेखा पनि अचम्मको हुँदो रहेछ । मैले काठमाडौं आएर फेरि पल्पसालाई अप्रोच गरेको त्यस्तो समय थियो, जतिखेर दृश्य पल्पसालाई छाडेर अन्यन्त्र कतै हिँडेको थियो । ऊ पुन: एक्लिएर अनि न्यास्रिएर फेरि अन्तै कतै सिफ्ट हुने योजनामा थिई । म काठमाडौं आएको थाहा पाउनासाथ ऊ भक्कानिँदै आएर मेरो अँगालोमा बाँधिई । दृश्यसँगको सम्बन्ध अनि उसले दिएको धोका सबै बेलीविस्तार लगाई । मैले पनि उसलाई च्याप्प अँगालोमा बाँधें अनि 'तिमी एक्ली छैनौ' भनेर ढाडस दिएँ । आखिरमा हाम्रो सम्बन्धले त्यही नाम पायो, जसका लागि मैले आफ्नो सम्पूर्ण करिअर अनि भविष्य दाउमा लगाएको थिएँ ।

एकदिन बिहानै पल्पसाले फोन गरी र झट्टै भेट्नु छ भनेर बोलाई । अजङ्गको क्यामरा किनेकी रहिछ । द्वन्द्वको विषयमा डकुमेन्ट्री बनाउन लागेको र एकजना साथीको खाँचो भएको कुरो सुनाई । म पल्पसासँग केही समय बिताउन चहान्थें । ऊसँग अझै नजिक हुन चाहन्थें । त्यसैले यस्तो सुनौलो मौका खेर जान दिइनँ । अनि लाग्यौँ पश्चिम पहाडतिर ।

 

० ० ०

 

त्यस भयानक रात पल्पसा र उसको प्रिय चित्रकार दृश्य अगाडि सिटमा बसेका थिए, म भने अलि पछाडि थिएँ । गाडी टक्क रोकियो । कन्डक्टर भन्दै थिए, "पिसाब फेर्न ओर्लनुस्, फेरि अगाडि गाडी रोकिँदैन ।" दृश्य उठेर पिसाब फेर्न गयो ।

पल्पसा त्यसैबेला मनेर आई अनि अघि किनेको पानीको बोतल मागी । पानी सकिएकाले मैले रित्तो बोतल थमाइदिएँ । ऊ बोतल लिएर पानी भर्न तल झरी । म पनि पल्पसालाई पछ्याउँदै बाहिर निस्किएँ । गाडीको एकातर्फ पिसाब फेर्नेको लर्को थियो, अर्कातर्फ पल्पसा र म धारामा पानी भरिरहेका थियौँ ।

त्यसपछिको घटनाक्रम उपन्यासमा वर्णन गरिएजस्तै थियो । प्रहरीको जिपलाई लक्षित गरी थापिएको एम्बुसमा हामी चढेको गाडी पर्यो । त्यस्तो भयानक बिस्फोट मैले चलचित्रमा पनि देखेको थिइनँ ।

दृश्यलाई लाग्यो- पल्पसा बसभित्रै रहेका कारण मारिई । पल्पसालाइ लाग्यो– दृश्य मर्‍यो । मलाई लाग्यो- 'जार’ सक्कियो । अनि 'पल्पसा क्याफे' पढ्ने पाठकलाई लाग्यो- चोखो प्रेम मर्‍यो । तर, वास्तवमा हामी सबै भ्रममा बाँचिरहेका थियौँ ।

अनेक प्रयत्न गरेर दृश्य मरिसकेको कुरा पल्पसालाई सम्झाएँ । गुह्येश्वरीलाई साक्षी राखी उसको सिउँदोमा सिन्दुर भरेँ । अमेरिका त्यागिदिएँ अनि शान्त र सौम्य जिन्दगी बिताउन थालें ।

अचानक मेरो जिन्दगी एक उपन्यासले तहस नहस पारिदियो, एकै झट्कामा । नारायण वाग्लेको कृति 'पल्पसा क्याफे' आउनासाथ मैले त्यो पढेँ अनि दृश्य ज्युँदै रहेको थाहा पाएँ । पछि पुस्तकले मदन पुरस्कार पायो, अनि त पल्पसाबाट जति लुकाउन खोजे पनि सत्य लुकेन ।

आज यो लेखिरहँदा म टिचिङ अस्पतालको मानसिक रोग उपचार कक्षमा छु । पल्पसा विक्षिप्त छिन् । डक्टरहरु भन्छन्, "गहिरो आघात परेको छ । यस्तो बिरामीको वर्षौंसम्म पनि होस नफर्किएका रेकर्डहरू छ्न् । कति वर्ष कुर्नुहुन्छ विशालजी ?"

म फिस्स हाँस्दै भन्छु, "म पल्पसालाई वर्षौं त के, जुनी-जुनी कुर्न सक्छु डाक्टर साब !"

 

(दहालको ब्लगबाट)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०७४  ०९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC