site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हराउँदै देउसी भैलोको मौलिकता
Ghorahi CementGhorahi Cement

दाङ। तिहारसँगै गाउँ तथा शहर जताततै देउसी भैलोको रौनक छ । क्लब, समूह, सहकारी, विद्यालयदेखि यहाँका सञ्चारकर्मीलाई देउसी भैलोले छोएको छ । बालक, युवा र वृद्धसम्म तिहारको देउसी भैलोमा झुमिरहेका छन् । 

तर देउसी भैलोको मौलिकता भने बर्सेनी हराउँदै गएको छ । विशेष गरी तिहारको अवसरमा नाचिने सोरठी, पैस्यारु, टप्पा, वनगारीलगायतका नाच हराउँदै गएका छन् । यसको सट्टा भैलोेमा तोकेरै पैसा असुल्ने, युवायुवती पश्चिमेली संस्कृतिका गीतमा नाच्ने गरेको पाइन्छ । नेपाली संस्कृति हराउँदै गएकामा दाङका थलबहादुर वलीले चिन्ता व्यक्त गरे । 

Agni Group

उनले भने, “हाम्रा गाउँघरका सोरठी लगायतका संस्कृती देख्नै नपाइने स्थिति आयो, देउसी–भैलोमा तोकेरै पैसा असुलेको देख्दा दुःख लाग्छ ।” 

परम्परागत देउसी भैलोलाई पछिल्लो समय आधुनिकताले प्रभावित गरेको छ । विशेष गरी युवायुवतीका कारण देउसी भैलोको मौलिकता मेटिने चिन्ता बुढापाकाले गर्न थालेका छन् । मादल, बाँसुरी, खैँजडी लगायतका बाँजाको माध्यमले कथाव्यथा प्रस्तुत हुने देउसी भैलोलाई हिजोआज पश्चिमेली संस्कृतिले प्रभावित गरेको स्थानीय समाजसेवी विश्वराज केसी बताउँछन् । 

Global Ime bank

बुढापाकालाई अहिले गीत कानै फुट्ला झैँ बजाएर नाचेको पटक्कै मन पर्दैन । पुरानो पुस्तालाई अहिलेको देउसी–भैलो पटक्कै मन परेको छैन । उनीहरु बलि राजाको गाथासहितको परम्परागत भैलो मन पराउँछन् । परिवारलाई आशिष दिँदै कम्मर मर्काइमर्काइ मादल, खैँजडीको तालमा नाचेको दृश्य नै रमाइलो लाग्ने गरेको बुढापाका बताउँछन् । 

हराउँदै गएको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यहाँका कृयाशील पत्रकारले परम्परागत भैलो खेलेका छन् । ‘संस्कृतिमा सञ्चार, भैलोमा पत्रकार’ नारासहित आफुहरुले सचेतनाका लागि भैलो खेलेको नेपाल पत्रकार महासंघ दाङ खाशाका सह–सचिव शर्मिला डिसीले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०७४  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC