site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

रौतहट । मोटरसाईकल चोरलाई पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा प्रहरीले ११ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । 

सदरमुकाम गौरस्थित विद्युत कार्यालय अगाडिबाट चारदिन अघि एउटा मोटरसाईकल चोरी भएको थियो । चोरीमा संलग्न गरुडा नगरपालिका–१ का देवनाथ साहलाई गएराति जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको टोलीले उनको घरबाट पक्राउ गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

पक्राउ लगतै साहका आफन्त र गाँउलेले प्रहरीको गाडी माथि ढुुगामुढा प्रहार गर्नुका ईप्रका शिवनगरका प्रहरी नायव निरीक्षक मदन ठाकुरमाथि हातपात समेत गरेको प्रहरी निरीक्षक केशव रेग्मीले बताए । यस क्रममा भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । 

झडपमा संलग्न देवाही गोनाही नगरपालिका–३ का राकेश साह, गरुडा नगरपालिका–४ का दिनेस साह, कलवार–५ का बिगनेस साह र माधव नारायण नगरपालिका–७ का रामप्रवेस मुखियालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न साह माथि चोरी मुद्दा तथा झडपमा संलग्न माथि सार्वजनिक अपराध मुद्दा चलाइने प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले बताए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०७४  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC