site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

लहान। करिब एकसाताअघि अपहरणमा परेका एक भारतीय व्यापारीलाई प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित अम्बरबहादुर मगरको घरबाट सकुशल मुक्त गराएको छ भने अपहरणमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् । 

जिल्लाको कञ्चनरुप नगरपालिका–८ बाट भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको भीमनगर ग्राम पञ्चायत–१० घर भएका कपडा व्यापारी अमितकुमार शारदालाई प्रहरीले शुक्रबार राति सकुशल मुक्त गराएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उहाँको अपहरणमा संलग्न रहेको आरोपमा सप्तरीको कञ्चनरुप–४ का अम्बरनाथ विश्वास, सोही नगरपालिका वडा नंं ६ का शैलेन्द्रकुमार गुप्ता र वडा नम्बर ७ का पुष्कर महतोलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेकाको साथबाट दुई थान कटुवा पेस्तोल र अपहरण गर्ने क्रममा प्रयोग भएको डिएल ३ सिएए ८९५६ नम्बरको भारतीय कारसमेत बरामद भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले आज एक पत्रकार सम्मेलन गरी जानकारी दिए । पक्राउ परेकाविरुद्व अपहरण तथा शरीर बन्धकको मुद्दा चलाइने प्रहरी उपरीक्षक सिंहले बताए । 

Global Ime bank

व्यापारी शारदाको गत असोज २९ गते साँझ ५ बजे कञ्चनरुप नगरपालिका–८ स्थित व्यस्त सडकबाटै अपहरण भएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०७४  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC