site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काएरो।इजिप्टकोराजधानी काएरो नजिकैको विद्रोहीको आश्रयस्थलमा गरिएको खानतलासीमा सुरक्षा फौज र इस्लामवादी लडाकूहरुबीच झडप हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको शनिबार इजिप्टको प्रहरीले जनाएको छ । 

‘वेस्टर्न डेजर्ट’ मा भएको झडपमा ५० भन्दा बढी सुरक्षा फौजको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी इश्लामवादी लडाकू मारिएका छन । 

Prabhu Bank
Agni Group
NIC Asia

आन्तरिक मामिला मन्त्रीका अनुसार कायरोको दक्षिण पश्चिममा रहेको बहारिया क्षेत्रमा छापा मार्ने क्रममा शुक्रबार राती प्रहरी र सशस्त्र फौजको समूहमाथि लडाकूहरुले बन्दुक चलाएका थिए । 

हास्म नामका उग्रवादी समूहसँग सम्बन्धित रहेको ठानिएका १५ लडाकूहरु पनि उक्त झडपमा मारिएको प्रहरीले जनाएको छ । इजिप्ट अहिले इस्लामवादी विद्रोहसँग लडिरहेको छ । इजिप्टको सुरक्षा फौजले हास्मलाई मुस्लिम ब्रदरहुडकै एउटा समूहको रुपमा ब्याख्या गर्छ । 

Global Ime bank

तर उक्त समूहले भने त्यसलाई अस्वीकार गर्दै आएको छ । हालैका वर्षमा उनीहरुले इजिप्टमा हमलाहरु गर्दै आएका छन् । सुरक्षा स्रोतले लडाकूहरु बहारिया क्षेत्रसँग चिरपरिचित रहेको बताएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०७४  ०३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC