site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतविरुद्ध नेपालको ऐतिहासिक जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली यु–१९ क्रिकेट टिमले भारतलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ । मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो ।

भारतलाई पराजित गरेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना पनि बढेको छ । 

१ सय ८६ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले ४८.१ ओभरमा सबै विकेटको क्षतिमा १६६ रनमात्रै बनाउन सक्यो । भारतका लागि कप्तान हिमांशु रानाले ४६, मन्जोत केर्लाले ३६ र अभिषेक शर्माले २७ रन बनाएका थिए । भारतका अन्य ब्याट्सम्यान भने सस्तैमा आउट भए । भारतका अनुज रावतले १८ र अथर्भा टाइडेले १३ रनको योगदान दिए पनि नेपालमाथि जित हात पार्न सकेन । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको जितमा कप्तान दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । उनको अलराउण्डर प्रदर्शनमा नेपालले भारतमाथि ऐतिहासिक जित दर्ता गराएको हो । नेपालका दिपेन्द्रसिंह ऐरीले ४, शाहब आलम र पवन सर्राफले समान २–२ विकेट लिए ।

यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमस ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । नेपालको मध्यम स्कोरमा कप्तान दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । अर्धशतकीय पारी खेलेका दिपेन्द्रले ८८ रनको योगदान दिए । 

Global Ime bank

त्यस्तै नेपालका जितेन्द्र सिंह ३६ रन जोड्दा भीम सार्कीले १५ रन जोडे । सन्दिप लामिछाने ९ तथा किशोर महतो ७  रनमा अविजित रहे । त्यसबाहेक नेपालका अनिल कुमार साह र  रोहित कुमार पौडेलले समान ६–६  रन बनाउँदा कमल सिह ऐरीले ५ तथा आसिफ शेखले ३ रन बनाएर पेभेलियन फर्किए ।

भारतका आदित्य थाक्रे र अबिषेक शर्माले समान २–२  विकेट लिए ।

जितपछि नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक विनोद दासले खेलाडीको कडा परिश्रमले नै भारतमाथि ऐतिहासिक जित निकालेको बताए । उनले भने, “यो जित खेलाडीको कडा मेहनतले सम्भव भएको हो । हामी प्रत्येक प्रतिद्धन्दी विरुद्ध राम्रो तयारी गर्छौ र हामी सफल भएका पनि छौं । दिपेन्द्रले उत्कृष्ट अलराउण्डर प्रदर्शन गरे ।”

दिपेन्द्रसिंह ऐरीको अलराउण्ड प्रदर्शन
भारतमाथि ऐतिहासिक जित हात पार्दा कप्तान दिपेन्द्रसिंह ऐरीले शान्दार प्रदर्शन गरे । उनकै कप्तानीमा आईपुगेर भारतलाई पहिलो पटक नेपालले पराजित गर्न सम्भव पनि भयो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालको इनिङ्स सम्हाल्दै सम्मानजनक स्कोर बनाएका थिए । दिपेन्द्रले ८८ रनको योगदान दिदै नेपाललाई उकासेका थिए । उनले १०१ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए ।

बलिङतर्फ पनि कप्तान दिपेन्द्रसिंह ऐरीले धारिलो बलिङ गरे । उनले १० ओभर बलिङ गर्दै २ ओभर मेडनसहित ३९ रन खर्चेर ४ विकेट लिए । भारतीय ब्याट्सम्यान उनको कफायती बलिङको सिकार बनेका थिए ।

सेमिफाइनल पुग्ने सम्भावना बलियो
भारतलाई पराजित गरेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । नेपालसँगै समूह ए मा रहेको नेपाल दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा भारत रहेको छ भने तेस्रो स्थानमा बंगलादेश रहेको छ । भारतले अब अन्तिम खेल बंगलादेशसँग खेल्नेछ ।

यता, नेपालले भने आफ्नो अन्तिम खेलमा आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । मलेसियालाई पराजित गर्न सके नेपाल सेमिफाइनलमा पुग्न सक्छ । तर, बंगलादेशले मलेसियासँग र भारत खेल्न बाँकी रहेको छ । नेपालले आफ्नो अन्तिम खेल मंगलबार मलेसियासँग खेल्दैछ ।

अहिलेसम्म नेपालले पराजित गरेका टेष्ट नेशन राष्ट्र
नेपाली क्रिकेट उमेर समूहमा निकै अब्बल मानिन्छ । नेपाली युवा टिमले निकै राम्रो प्रदर्शन गर्दै टेष्ट नेशन राष्ट्रलाई पराजित गरेको छ । अहिलेसम्म नेपालले टेष्ट नेशन राष्ट्रमाथि न्युजिल्याण्डलाई २ पटक पराजित गरेको छ । त्यस्तै, दक्षिण अफ्रिकालाई पनि नेपाली यु–१९ टिमले २ पटक पराजित गरेको छ । त्यस्तै नेपालले पाकिस्तानलाई पनि १ पटक पराजित गरेको छ । जिम्बाब्वेलाई पनि नेपालले १ पटक पराजित गर्दै टेष्ट राष्ट्रमाथि नेपालको उपस्थिति सधै निकै बलियो हुने गरेको छ । नेपालले भारतलाई भने यसअघिसम्म पराजित गर्न सकेको थिएन । पहिलो पटक नेपालले भारतलाई पराजित गर्दै इतिहास रचेको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०७४  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC