site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बूढीगण्डकी आयोजनाको सम्झौता खारेज
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले चिनियाँ कम्पनी गेजुवासँग गरेको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणसम्बन्धी सम्झौता खारेज गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता खारेज गरेको उपप्रधान तथा उर्जामन्त्री कमल थापाले जानकारी दिएका छन् ।

"अनियमित र हचुवा ढंगले गेजुवा ग्रुपसँग गरिएको बूढीगण्डकी जलविद्युत आयोजनाको सम्झौता संसदीय समितिहरुको निर्देशनबमोजिम आज बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको छ," थापाले ट्विट गरेका छन् । 

एक हजार २०० मेगावाट क्षमताको सो आयोजना लगानीसमेत जुटाउने शर्तमा तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई दिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

तत्कालीन संसद्को सार्वजनिक लेखा समिति र कृषि तथा जलस्रोत समितिले सम्झौता पारदर्शी नभएको भन्दै खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । नेपालमा नै असफल भएको र कालोसूचीमा रहेको चिनियाँ कम्पनीलाई बूढीगण्डकी दिइएको भन्दै चर्को आलोचना भएको थियो । आयोजना अगाडि बढाउनका लागि भन्दै चिनियाँ कम्पनीले आयोजनास्थलमा प्राविधिक तयारीको काम गरिरहेको छ । 

यस्तै लगानीका विभिन्न ढाँचा र रकम जुटाउने बारेमा समेत छलफल भइरहेको जनाइएको छ । सरकारले सो आयोजना निर्माणका लागि भन्सार बिन्दुमा नै लगाएको पूर्वाधार करमार्फत हालसम्म १२ अर्ब रकम जुटाइसकेको छ । 

Global Ime bank

चालू आवमा सो आयोजनाका लागि सरकारले १० अर्ब विनियोजन गरेको छ । तर स्थानीयवासीले भने मुआब्जा वितरणमा ढिलाइ भइरहेको भन्दै आन्दोलन गर्दै आएका छन् । 

सरकारले यसअघि गेजुवा कम्पनीलाई निर्माण जिम्मा दिने भनि गरेको सम्झौतालाई खारेज गरेको हो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालामा तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले गेजुवालाई सोझै आयोजना निर्माणको जिम्मेवारी दिने गरी सम्झौता गरेका थिए ।

उपप्रधानमन्त्री तथा उर्जामन्त्री थापाले सोमबारको मन्त्रिपरिषद् बैठकले चिनियाँ कम्पनी गेजुवासँग अघिल्लो सरकारले गरेको निर्माण सम्बन्धी सम्झौता खारेज गरेको जानकारी दिएका हुन् ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सम्झौता खारेज गर्ने निर्णय गरेको भए पनि अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारका नियमित काम कारवाहीका बारेमा मात्रै बैठकमा चर्चा भएको र अन्य महत्वपुर्ण निर्णय नभएको भन्ने जानकारी गराए ।
 

अनियमित र हचुवाढंगले गेजुवा ग्रुप संग गरिएको बुढि गण्डकी जलविद्युत आयोजनाको समझौता संसदिय समितिहरुको निर्देशन बमोजिम आज बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको छ

— Kamal Thapa (@KTnepal) November 13, 2017
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०७४  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC