site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अस्थायी शिक्षक विज्ञापन खारेजको माग गर्दै तीन दिनदेखि विद्यार्थीहरु अनशनमा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । अस्थायी शिक्षकहरुका लागि भएको विज्ञापन खारेज गर्न माग गर्दै विद्यार्थीहरुले शिक्षक सेवा आयोगको ढोकामा अनिश्चितकालीन रिले अनसन शुरु गरेका छन् ।
लगभग २० जना विद्यार्थीहरुले अनशन शुरु गरेका हुन् ।  अनशनकारी विद्यार्थीहरु भन्छन्– तीनजना अस्थायी शिक्षकहरु अनशन बस्दा ऐन संशोधन गरेको सरकारलाई २० जना विद्यार्थी अनसन बसेर ऐनको नवौं संशोधन फिर्ता गराउन लगाउने हो ।”

अस्थायी शिक्षकहरुका लागि भएको विज्ञापन खारेज गर्न दिएको २४ घण्टे अल्टिमेटम भित्र विज्ञापन खारेज नभएपछि विद्यार्थीहरुले आइतबार बिहानै आयोगमा तालावन्दी गरेका थिए । शिक्षक सेवा आयोगले केही घण्टामै प्रहरी प्रशासनको सहयोगमा ताला फोडेपछि विद्यार्थीहरु आयोग घेराऊ गर्न पुगेका थिए । आयोग परिसरभित्र व्यापक प्रहरी परिचालन गरिएपछि केहीबेर विद्यार्थी र प्रहरीबीच भनाभन समेत भएको थियो ।

Agni Group

विद्यार्थीहरुको पुनः ताल्चा लगाउने प्रयास प्रहरीले असफल पारेपछि उनीहरु आयोगको गेटमै रिले अनशन बसेका हुन् ।

विद्यार्थी संघर्ष समितिले शिक्षक लाइसेन्स लिएर बसेका सात लाख विद्यार्थी र विद्यालय जाने लाखौं विद्यार्थीको पक्षमा आफुहरु अनसन शुरु गरेको बताए ।

Global Ime bank

विद्यार्थी संघर्ष समितिका संयोजक पुष्कर शर्मा, वरिष्ठ सहसंयोजक नारायण गिरी, सचिव निराजन श्रेष्ठ, प्रेस संयोजक विराज धौराली, कोषाध्यक्ष सुजन काफ्ले लगायत २० जना अनसन बसेका छन्  ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  २३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC