काठमाडौं । हरेकवर्ष मोती जयन्तीको अवसरमा सिड्नीमा आयोजना गरिँदै आएको सम्पूर्ण गजल कार्यक्रम गजल मुशायराले आफ्नो ४ वटा श्रृंखलाहरु भव्यताका साथ सम्पन्न गरेको छ ।
पहिलोपटक सिड्नी बाहिर ब्रिसबेन संस्करणमार्फत पाईला चालेको छ ।
गजल मुशायरा परिवारद्धारा आयोजित यस कार्यक्रम आगामी नोभेम्बर २६ मा ब्रिसबेनको नर्थगेटस्थित ब्रिसबेन सिटी काउन्सिलको हलमा हुन लागेको सिड्नी मुशायराका संयोजक जितेन्द्र मल्लले जानकारी दिए ।
कार्यक्रममा नेप्लिज एसोशियसन अफ क्विन्स्ल्याण्ड र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्विन्स्ल्याण्ड च्याप्टरको सहयोग रहेको छ ।
उक्त कार्यक्रममा ११ जना गजलकारहरुको गजल वाचन, गजल गायन तथा गजलमा नृत्य पनि प्रस्तुत गरिनेछ । यसपटक ब्रिसबेनका गजलकारहरुलाई सिड्नी, एडिलेड, लगायतका शहरका गजलकारहरुले साथ दिनेछन् ।