site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चितवन । पूर्व अर्थमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासको मोडेल प्रस्तुत गरेका छन् । चितवन क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका पाण्डेले आज यहाँ पत्रकारसँग कुराकानी गर्दै नेपालको अबको आर्थिक बाटो कस्तो हुन्छ र कसरी देशको विकास गर्न सकिन्छ भन्नेबारेमा विस्तृत मोडेल प्रस्तुत गरेका हुन् ।  

पाण्डेले प्रस्तुत गरेको मोडेलमा जमिनको उपयोग, शहर निर्माण, सडक तथा यातायात पूर्वाधार विकास, शिक्षा, खोज, अनुसन्धान र उद्यमशीलता, पर्यटन, जलविद्युत्, उद्योग क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ भन्ने रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले जमिन राज्यको सम्पत्ति भएको बताएका छन् । उनले जमिन बाँड्नेमा जोड दिनुभन्दा आवास, शिक्षा, रोजगारी वृद्धिमा जोड दिनुपर्ने बताए । जमिनलाई उपयोगको आधारमा वर्गीकरण गर्नुपर्ने बताउँदै पाण्डेले तोकिएको जमिनमा तोकिएबमोजिमको मात्र उपयोग गर्न पाईने र जमिन बाँझो राख्न नपाइने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।  

शहरलाई आर्थिक विकासको इञ्जिनको संज्ञा दिँदै उहाँले कृषि क्षेत्रको आधुनिकीकरण र शहरी विकासलाई एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताए । उनले काठमाडौं–निजगढ फास्ट ट्रयाक र रेल्वे, काठमाडौं–रेसुवागढी सडक र रेल्वे, मध्यपहाडी सडक, तराई हुलाकी सडक, कोशी करिडोर, मुस्ताङ–कालीगण्डकी करिडोरलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।  

Global Ime bank

हालको साधारण शिक्षातर्फको लगानीमा भन्दा प्राविधिक शिक्षाको लगानी बढाउनु पर्ने बताउँदै पाण्डेले २० वर्षभित्र एक प्राविधिक एक साधारण बनाउने, कुल गार्हस्थ्य, उत्पादनको कम्तीमा एक प्रतिशत अनुसन्धान र विकासमा खर्च गर्नुपर्ने, उद्यमशीलता विकासका लागि भेन्चर फण्ड, इक्वेसन सेन्टर व्यवस्था गर्नुपर्ने बताए ।  

देशका प्रमुख स्थानलाई पर्यटन क्षेत्र घोषणा गरी १५ वर्षसम्म कर छुट र अन्य सुविधा दिनुपर्ने पाण्डेले बताए ।  जलविद्युत् उत्पादनमा उच्च प्राथमिकता दिँदै यस क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी परिचालन गर्नुपर्ने उनको भनाइ थियो । जनताका असीमित चाहना र आवश्यकतालाई सार्थक बनाउन सरकारी, निजी क्षेत्रका साधनस्रोतलाई अधिकतम प्रयोग गर्दै वैदेशिक लगानीलाई प्रोत्साहित गर्नुपर्ने उनको भनाइ थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC