site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पाँचथर । हिंसारहित निर्वाचन सम्पन्न गर्न मादक पदार्थ सेवन वहिष्कार गरां’ भन्ने मूलनाराका साथ पाँचथर सदरमुकाम फिदिममा आज युवाहरुले ¥याली निकालेका छन् । 

सम्पूर्ण पार्टीका भातृसंगठन र अन्तरसंवाद समिति पाँचथरको आयोजनामा फिदिमस्थित क्याम्पसमोडबाट निकालिएको ¥याली फिदिम माविको प्रांगणमा पुगेर सम्पन्न भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि सोही माविको प्रांगणमा निर्वाचन मतदाता शिक्षा नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको थियो । ‘आफ्नो मत खेर नफालौं, सक्षम कुशल नेतृत्व चयन गरौँ’ भन्ने उद्देश्यका साथ ¥याली र नमूना मतदान सञ्चालन गरेको संवाद समिति संयोजक प्रदीप बाँस्कोटाले जानकारी दिए ।  

उनले भने, “चुनावमा मादक पदार्थ र पैसाको भरमा मत हाल्ने प्रवृतिको अन्त्य गर्न भन्दै यो ¥याली निकालिएको हो ।” 

Global Ime bank

युनडिपी, जिल्ला निर्वाचन कार्यालय पाँचथर, हुकोडेक नेपाल, नेपाल जनउद्धार संघ, पञ्चमी युनेस्कोको सहयोगमा ¥याली निकालिएको उनले बताए ।  रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC