ad

घटना क्रम

चितवन पुग्दा पनि सीता दाहाल छोरा सम्झेर एकोहोरो भक्कानिएर रोइन् 

चितवन । छोरा प्रकाश दाहालको निधनपछि शोकमा रहेका पुष्पकमल दाहाल प्रचण्डले चितवनमा मंगलबार भएको चुनावी सभालाई भने सम्बोधन गरेनन् ।

निकै पीडामा देखिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कार्यक्रमअवधिभर बसेको भए पनि उनले सम्बोधन गरेनन् । 

तर सँगै रहेकी धर्मपत्नी सीता दाहाल एकोहोरो भक्कानिएर रोएकी थिइन् । एकोहोरो रोइरहेपछि कार्यक्रमको बीचबाटै उनलाई आराम गर्न पठाइएको थियो ।

कार्यक्रममा प्रकाश दाहालकी श्रीमति बिना मगर, छोरा, दिदी रेणु र बहिनी गंगा पनि सहभागी थिए ।
 

तपाईंको मत