काठमाडौं । भारतले बुधवार सुपरसोनिक क्रुज मिसाइल ‘ब्रह्मोस’ को सुखोई लडाकु विमानबाट सफल परीक्षण गरेको छ । भारत र रूसको संयुक्त प्रयासबाट तयार पारिएको यो मिसाइलको जल र स्थलबाट यसअघि नै सफल परीक्षण गरिएको थियो । बुधबार यसलाई वायुमा पनि सफलतापूर्वक परीक्षण गरिएको बीबीसीले जनाएको छ ।
ब्रह्मोस जल, स्थल र वायुबाट प्रहार गरिने मिसाइल बनेको छ । यस प्रकारको क्षमतालाई ‘ट्रायड’ भनिन्छ । ‘ट्रायड’ को विश्वसनीय क्षमता यसअघि केवल अमेरीका, रूस र सीमित रूपमा फ्रान्ससँग थियो ।
ब्रह्मोसलाई विश्वको सबैभन्दा तिव्र सुपरसोनिक मिसाइल मानिएको छ । जसको रफÞ्तार २.८ म्याक (ध्वनिको रफÞ्तारबराबर) रहेको छ । यस मिसाइलको रेन्ज २९० किलोमिटर छ र यो ३०० किलोग्राम भारी युद्ध सामग्री लैजान सक्दछ । ब्रह्मोस जस्तो क्षमतायुक्त मिसाइल भारतका छिमेकी देश चीन र पाकिस्तानसँग नभएको बताइएको छ ।
चीनको डगफेग मिसाइल
डगफेग (डिएफ)–३१ एजी अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल हो । जो १०,००० किलोमिटरसम्म मार हान्न सक्दछ । यसका साथै मध्यम दूरीको मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल डिएफ–२१ डि पनि छ । यसलाई ‘कैरियर किलर’ पनि भनिन्छ ।
यो सूचीमा डिएफ–२६÷डिएफ–१६ जि बैलिस्टिक मिसाइलपनि छ । योसँगै चीनियाँ सेनामा लामो दूरीवाला अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइललाई अघिल्लो वर्ष समावेश गरिने दावा गरिएको छ । उक्त मिसाइल कयौं परमाणु हतियारहरुलाई एक साथ लैजान सक्षम हुने बताइएको छ । यो नयाँ मिसाइल डगफेग–४१ को गति म्याक १० भन्दा बढी हुने दावा गरिएको छ ।
जुन २०१७ मा चीनको एयरोस्पेस साइन्स एंड टेक्नोलोजी कर्पोरेशन (सीएएससी) ले चीनले हाइपरसोनिक रैमजेट इन्जनयुक्त मिसाइलको सफल परीक्षण गरेको जनाएको थियो । तर चीनसँग अहिलेसम्म जमिन, समुद्र र वायु गरी तीनै स्थानमा प्रहार गर्न मिल्ले मिसाइल छैन् ।
पाकिस्तानको बाबर मिसाइल
पाकिस्तानले जनवरी २०१७ मा बाबर–३ मिसाइल परीक्षण गरेको थियो । पाकिस्तानी सेनाले त्यो बेला पनडुब्बीबाट छोड्न सकिने आफ्नो पहिलो क्रुज मिसाइल बाबर–३ को सफल परीक्षण गरिएको दावी गरेको थियो । यसअघि पाकिस्तानसँग समुद्रबाट मार हान्न सक्ने परमाणु क्षमतायुक्त मिसाइल थिएन । यद्यपी बाबर–३ मात्र ४५० किलोमिटरसम्म मात्रै मार हान्न सक्दछ । पनडुब्बीबाट छोड्न सकिने मिसाइल खतरनाक हुन्छन् किनकी यो लुकेको हुने भएकाले यसको बारेमा जानकारीसम्म मिल्दैन् ।