site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
के सहयोगका नाममा पसल चलाउँदै छन् गूगल जस्ता कम्पनीहरु ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । आजको डिजिटल जमानामा जानकारी शक्ति भए के गूगल अहिले विश्वकै सबैभन्दा शक्तिशाली कम्पनी हो ? 

गूगलले आजसम्म अन्य सबै कम्पनीभन्दा बढी जानकारी एकत्रित गरेर ‘डिजिटाइज’ सहित विश्लेषण र पेश गरेको छ । गूगल तपाईको बारेमा अन्यभन्दा बढी जानकारी राख्दछ । के सरकारलाई तपाईको घरमा कुकुर छ कि छैन भन्ने जानकारी छ ? गूगल जान्दछ ।

तर शक्ति सँगसँगै जिम्मेवारीपनि आउँछ । शक्तिशालीबाट उ आफ्नो शक्ति समाजको भलाईका लागि प्रयोग गरोस् भन्ने आशा रहन्छ । तर के एप्पल, फेशबुक र अमेजन जस्ता ठूला शक्तिशाली प्रविधियुक्त कम्पनीहरु यस विषयमा खरो देखिन्छन् ? 

Prabhu Bank
Agni Group
NIC Asia

डिजिटल ग्यारेज – समाज सेवा वा स्वार्थ सिद्धी ?

म गूगलका सीएफओ (चीफ फाइनेन्सियल अफिसर) रूथ पोराटसँग भेटघाट गर्न म्यानचेष्टर गए जहाँ उनी डिजिटल ग्यारेज खोजीरहेकी थिइन् । 

Global Ime bank

शहरको मध्ये भागमा बनेको डिजिटल ग्यारेजमा मानिसहरुको बायोडाटा बनाउने, स्प्रेडशीट प्रयोग गर्नेे वा कुनै पनि व्यापारका लागि अनलाइन मार्केटिङको योजना बनाउने जस्ता डिजिटल कौशल निःशुल्क सिकाइन्छन् ।

रूथ भन्छिन्, “हामी चाहन्छौं कि हरेक उमेर समुहका व्यक्तिहरु डिजिटल युगमा  मिलिरहेको अवसरको भरपुर फायदा उठाउन सकुन । विश्वको ५० प्रतिशत जनसंख्या आजपनि इन्टरनेटको प्रयोग गर्दैन । ब्रिटेनका ७५ प्रतिशत व्यवसायीको भनाई छ कि उनीहरुलाई सही डिजिटल क्षमतायुक्त कर्मचारी भेटिदैनन् – हामी यसमा सहयोग गर्न चाहन्छौं ।’’ 

यो सोच तारिफयोग्य छ । ग्रेटर म्यानचेस्टरका मेयर एण्डी बर्नहैमपनि यो रायसँग  सहमत देखिए । उनले डिजिटल इकोनोमी बनाउनका लागि गूगलको प्रयासको  तारिफ गरे । तर यसमा केही स्वार्थपनि लुकेको छ । 

आफ्नो उत्पादनहरुको प्रचार ?
 

इन्टरनेटमा आफ्नो व्यापारको प्रचार कसरी गर्ने, यसका ट्रेनिङ मा‘ड्यूल मोटामोटी रुपमा यो भन्दछ कि गूगल एडवर्ड्सको प्रयोग कसरी गर्ने । एडवर्ड्स गूगलको त्यस्तो सेवा हो जुन पैसा लिएर कम्पनीहरुको नतिजा गूगल सर्चमा देखाउँदछ । 

कम्पनीका लागि आफ्नो उत्पादनको प्रचार गर्नु स्वाभाविक नै हो तर जब कम्पनीसँग पूरै विश्वले जानकारी खोज्ने प्लेटफर्म भए सामान्य कुरा पनि समस्या बन्दछ  । जब तपाई गूगलमा खरिद गर्न चाहेका केही बस्तु खोज्नु हुन्छ तब मूल्यको तुलना गर्ने विज्ञापन सबैभन्दा माथि देखा पर्दछ । यो तुलना गूगल गर्दछ । 

यस्तो तुलनाबाट ग्राहकको रायमा असर पर्ने कम्पनीमाथि आरोप लगाइन्छ । गूगलले जे देखाउन चाहन्छ त्यो शीर्षमा देखिन्छ र बाँकी कम्पनीहरुको नतिजा तल खस्किन्छ । यूरोपियन यूनियनले यही विषयलाई लिएर गूगलमाथि २.४ अरब यूरोको जरिवाना लगाएको थियो । जसका विरुद्ध गूगलले अपिल गरेको थियो । 

ट्याक्स बचाउने प्रयास

यसका साथै ट्याक्सपनि एक मसला हो । गूगल र उसको अभिभावक कम्पनी एल्फाबेट हाम्रो जीवन जिउने र काम गर्ने तरिकाहरुमा परिवर्तन ल्याउने तरिका बनाउन र बढाउनमा ठूलो भूमिका निभाइरहेका छन् । आर्टिफिशियल इन्टेलीजेन्स र रोबोटिक्सबाट विश्वलाई ठूलो लाभ होला तर ठूलो संख्यामा मानिसहरु बेरोजगार पनि हुने भएका छन् । 

प्रविधिको क्षेत्रका बाँकी ठूला कम्पनीहरु पनि परिवर्तनमा अलग–अलग किसिमका योगदान गरिरहेका छन् । अमेजनले खुद्रा व्यापारको मुहार परिवर्तन गरिदिएको छ । त्यस्तै ऊबरले ट्याक्सी कारोबारमा कायापलट गरेको छ । तर यी कम्पनीहरुमाथि ट्याक्स बचाउने गरेको आरोप पनि लाग्दै आएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०७४  ०३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय