site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
८८ वर्षीया महिलाले बलात्कारीबाट यसरी बचाइन् इज्जत
Sarbottam CementSarbottam Cement

एजेन्सी । आजभोलि जवान महिलाहरु मात्र नभएर वृद्ध र बच्चाहरु समेत बलात्कारको शिकार हुने गरेका छन् । यस्तैमा ८८ वर्षीया एक वृद्ध महिलाले भने आफ्नो इज्जत बचाउन बलात्कारीहरुलाई अनौठो उपाय लगाएर भगाएकी मीररमा प्रकाशित समाचारमा उल्लेख छ ।

अमेरिकाको पेन्सिलवेनियाको पार्केबर्गमा बस्ने हेलेन रिनोल्ड्स यसै घटनाका कारण चर्चामा आएकी छन् । वृद्ध भएपनि आफ्नो बुद्धिको उपयोग गरेर उनले आफूलाई बचाउन सफल भएकी हुन् । उनी घरमा एक्लै भएका समयमा दुई लुटेराहरु आएका थिए । भित्र पस्नासाथै तिनीहरुले हेलेनको हातखुट्टा बाँधिदिएर मुखमा पट्टी लगाइदिएका थिए । घर लुटिसकेपछि भने उनीहरु हेलेनको बलात्कार गर्न अगाडि बढ्न थाले । तर त्यसै समय उनले भनेको एउटा कुरा सुनिसकेपछि ती दुवै लुटेराहरु उनका घरबाट तुरुन्तै निस्किएर गएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अपराधीहरु त्यसरी हेलेनतर्फ बढिरहेको समयमा उनले ती दुवैलाई एउटा झुटो कहानी सुनाएकी थिइन् । उनले तिनीहरुलाई आफू एच आइ भी संक्रमित भएको भन्दै झुटो बोलिन् ।

यति मात्र नभएर उनले तिनीहरुलाई आफ्नो पतिको पनि यसै संक्रमणबाट केही दिनअघि मात्र मृत्यु भएको बताइन् । उनलाई एड्स भएको सुन्ने बित्तिकै ती दुवै अपराधीहरु पहिले त अलमल्ल परे । त्यसपछि भने उनका कुरामा विश्वास गर्दै उनीहरुले तिनलाई त्यतिकै छाडि त्यहाँबाट भागेका थिए ।

Global Ime bank

यसरी वृद्ध भएर पनि आफ्नो बौद्धिक क्षमताका कारण हेलेन आफ्नो इज्जत र जीवन बचाउन सफल भएकी हुन् । आफू बोल्न नसक्ने अवस्थामा हुँदाहुँदै पनि उनले बहादुरीपूर्वक ती लुटेराहरुको सामना गरेकी हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०७४  ०२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC