site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
आज कुन नेताले कहाँबाट गर्दैछन् मतदान ? कहाँ कहाँ हुँदैछ रोचक भिडन्त ?
Sarbottam CementSarbottam Cement

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पहिलो चरणअन्तर्गत ३२ जिल्लाका ३७ प्रतिनिधि सभा क्षेत्रमा आज मतदान हुँदैछ ।

प्रतिनिधि सभाका ३७ र प्रदेश सभाका ७४ सदस्यका लागि प्रत्यक्षका साथै समानुपातिकमा दलाई मतदान गरिनेछ । गत ३ असोज २०७२ मा जारी भएको संघीयता र गणतन्त्रसहितको संविधान कार्यान्वयन एवं लोकतन्त्रको संस्थागत विकासको पहिलो खुड्किलोको रूपमा यस निर्वाचनलाई लिइएको छ ।
बाह्रखरी समीक्षित सबै पत्रपत्रिकाले आज हुने मतदानलाई महत्त्वपूर्ण स्थान दिएका छन् ।

आजको नयाँ पत्रिका दैनिकले ‘७०२ उमेदवार परीक्षामा, १११ सांसदको निर्वाचन आज’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ पत्रिकाले तयार पारेको प्याकेज समाचारमा मतदाता परिचयपत्र नभए के गर्ने ? २१ मंसिरमा बल्ल मतगणना, संविधान कार्यान्वयनको पहिलो खुट्किलो, निर्वाचनपछि ११ वर्षको संक्रमणको अन्त्य, यसरी गरिँदैछ मतपेटिकाको सुरक्षा, तीन घेरामा चुनावी सुरक्षालगायतका उपशीर्षक राखिएको छ ।

नयाँ पत्रिकाले शीर्ष नेताहरू डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र चीनकाजी श्रेष्ठले गोरखाबाट, योगेश भट्टराई ताप्लेजुङबाट, पशुपतिशमशेर राणा सिन्धुपाल्चोकबाट, बलबहादुर केसी सोलुखुम्बुबाट, जनार्दन शर्मा रुकुमबाट, अर्जुननरसिंह केसी र डा. रामशरण महतले नुवाकोटबाट मतदान गर्ने उल्लेख गर्दै समाचार प्रकाशित गरेको छ ।

Global Ime bank

गोरखा २ मा भट्टराई र श्रेष्ठ, सिन्धुपाल्चोक १ मा अग्नी सापकोटा र मोहन बस्नेत, नुवाकोट १ मा डा. रामशरण महत र हितबहादुर तामाङ, लमजुङमा देव गुरुङ र दिलबहादुुर घर्ती, सिन्धुपाल्चोक २ मा पशुपतिशमशेर राणा र शेरबहादुर तामाङ, जाजरकोटमा शक्ति बस्नेत र राजीवविक्रम शाह, ओखलढुंगामा रामहरि खतिवडा र यज्ञराज सुनुवार, नुवाकोट २ मा अर्जुननरसिंह केसी र नारायणप्रसाद खतिवडा र गोरखा १ मा चीनकाजी श्रेष्ठ र हरि अधिकारीबीचको प्रतिस्पर्धालाई नयाँ पत्रिकाले रोचक भिडन्त भन्दै समाचार प्रकाशित गरेको छ ।

आजको हिमाल टाइम्सले आज ३२ जिल्लामा मतदान शीर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ भने निर्वाचन सुरक्षा मजबुत रहेको भन्ने गृह मन्त्रालयले गरेको पत्रकार सम्मेलनको समाचार पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

नागरिक दैनिकले ‘आज ३२ जिल्लामा मतदान’ शीर्षकमा ब्यानर समाचार प्रकाशित गरेको छ  जसमा इन्फोग्राफ पनि समावेश गरिएको छ ।
गृह मन्त्रालयले ढुक्क भएर मत खसाल्न आह्वान गरेको समाचार पनि नागरिकले पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

नागरिक दैनिकको पहिलो पृष्ठमा नेपालगन्जबाट कलेन्द्र सेजवालले लेखेको समाचारमा पहिलो चरणमा आज हुन लागेका ५ र ६ नम्बर प्रदेशका केही मतदानस्थल टेलिफोन सम्पर्कसमेत हुन नसक्ने स्थानमा रहेको उल्लेख छ । माथिल्लो डोल्पा, पूर्वी रुकुमलगायतका स्थानमा सञ्चार सम्पर्क नभएको उल्लेख गरिएको छ ।

‘३२ जिल्लामा आज मतदान’ ब्यानर शीर्षक राखेर अन्नपूर्ण पोस्ट दैनिकले ब्यानर नै इन्फोग्राफ राखेको छ । अन्नपूर्णले प्रकाशित गरेको इन्फोग्राफ पूर्ण देखिन्छ जसले आज हुने निर्वाचनका धेरै विषयमा प्रष्ट पारेको छ ।

पोस्टले पहिलो पृष्ठको एक कोलममा मतदातालाई देउताको कसम शीर्षकमा जुम्लाबाट पठाइएको समाचार प्रकाशित गरेको छ भने तीन घेरामा सुरक्षासम्बन्धी समाचार पनि पहिलो पृष्ठमा सानो गरी प्रकाशित गरेको छ ।

‘पहिलो चरणको मतदान आज’ कान्तिपुर दैनिकको ब्यानर हेडलाइन रहेको छ ।
कान्तिपुरमा प्रकाशित समाचारअनुसार सुरक्षाकर्मी टोली १० देखि ३० मिनेटभित्र जुनसुकै स्थानमा पुग्न सक्नेगरी गृह मन्त्रालयले निर्वाचन सुरक्षा प्रबन्ध मिलाएको छ ।

गोरखा पत्र र राजधानी दैनिकले पनि आज हुने निर्वाचनका विषयमा मात्रै पहिलो पृष्ठमा समाचार प्रकाशित गरेका छन् ।
राजधानी दैनिकले पहिलो पृष्ठमा विशेष सम्पादकीय लेखेको छ ।

‘नयाँ गन्तव्यको जग’ शीर्षकमा । यो ऐतिहासिक दिनमा मतदाताको सानो गल्तीले पनि हालसम्मका सबै उपलब्धि गुम्ने खतरा रहन्छ । मतदाताको आजको विवेक भोलिको समृद्ध नेपालको पक्षमा होस् ।’

आज प्रकाशित सबै पत्रिकाले निर्वाचनबाहेक अन्य विषयलाई प्राथिमकता दिएको देखिएन ।

सम्पादकीय

‘मतदाधिकार सदुपयोग गरौँ’ शीर्षकको सम्पादकीयमा कान्तिपुर दैनिकले भनेको छ – यो निर्वाचनबाट संविधान कार्यान्वयनको चरणमा प्रवेश गर्दै छ । निर्वाचनमा मतदान गर्नुअघि अधिकारसमेत रहेकाले निर्वाचनमा मताधिकार प्राप्त सबैले भाग लिऔंँ, विवेक पुर्याएर आफूलाई सही लागेको प्रतिनिधि छानौ ।’

‘जलविद्युत्मा उत्साह’ शीर्षकमा राजधानी दैनिकले सम्पादकीय लेखेको छ ।

बाह्र सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त विद्युत् आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने सरकारी निर्णयले ऊर्जा क्षेत्रमा नयाँ उत्साह थपिएको सम्पादकीयमा उल्लेख छ ।

‘मताधिकारको प्रयोगमा नचुकौंँ’ शीर्षकमा गोरखापत्र दैनिकले सम्पादकीय लेखेको छ । सम्पादकीयमा सही लागेको उमेदवार  र पार्टीलाई मत दिएरमात्रै आफ्नो र समुदायको हित हुने उल्लेख गरिएको छ ।


‘राजनीतिक कोसेढुंगा’ शीर्षकमा अन्नपूर्ण पोस्टको सम्पादकीयको शीर्षक रहेकोे छ । चुनावी राजनीति विकृत हुँदै गएको यो अवस्थामा योग्य, समाज र राष्ट्रप्रति प्रतिबद्ध नेताको छनोट गर्न मतदाताको विवेकको सही प्रयोग आवश्यक रहेको सम्पादकीयमा उल्लेख छ ।

‘उत्साहले मतदान गरौंँ’ शीर्षकमा हिमालय टाइम्सले सम्पादकीय लेखेको छ । 

‘आफ्नो मत ‘दान’ गर्नुअघि’ शीर्षकमा नयाँ पत्रिकाले सम्पादकीय लेख्दै भनेको छ– मतदान गर्नुअघि आफ्नो मत कसको पक्षमा परिरहेको छ र उसले के सकारात्मक योगदान दिन सक्छ भन्ने विचार पुर्याउनु जरुरी छ ।’


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०७४  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC