ad

प्रविधि

टेलिकमले गर्यो खबरदारी , ०१२३४५६, १२३४५६ नम्बरबाट फोन आए नउठाउने ! 

काठमाडौं । नेपाल टेलिकमले म्यासेज पठाउँदै खबरदारी गरेको छ । खबरदारीमा ०१२३४५६, १२३४५६ जस्ता अपरिचित नम्बरबाट आएको कल नउठाउनु भनिएको छ ।
टेलिकमले केही समयअघि उक्त म्यासेज पठाएको थियो । 

विगत केही महिनादेखि विभिन्न मोबाइल प्रयोगकर्तालाई उल्लेखित नम्बरबाट फोन गरी ठग्ने गरेकोले म्यासेज पठाएर खबरदारी गरेको कम्पनीको भनाइ छ ।  अपरिचित नम्बरबाट मोबाइल प्रयोगकर्तालाई चिठ्ठा परेको भन्दै ठगेकोले टेलिकमले ग्राहकलाई सचेत गराउन म्यासेज पठाएको हो जानकारी दिएको छ ।

टेलिकमले अपरिचित कल नउठाउन भन्दै शंकास्पद फोन आएमा ग्राहकले १८८ मा उजुरी गर्न सक्ने जनाइएको छ ।
 

तपाईंको मत