site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आगामी वर्ष बलिउड हेर्दैछ यी ६ वटा बक्स अफिस भिडन्त 
Sarbottam CementSarbottam Cement

यो वर्ष बलिउडका लागि खसै राम्रो वर्ष भएन । तर आगामी वर्षबाट बलिउड इण्डस्ट्री धेरै आशावादी देखिएको छ । आगामी वर्ष रिदिज हुने बलिउड सिनेमाहरु हेर्दापनि सन् २०१८ बलिउडका लागि शुभ हुन सक्ने संकेत देख्न सकिन्छ । 

१) अक्षय कुमार भर्सेज सिद्धार्थ मल्होत्रा (२६ जनवरी) 

अभिनेता अक्षय कुमार फिल्म ‘२.०’ को स्थानमा आफ्नो सिनेमा ‘प्याडम्यान’ लिएर २६ जनवरीमा सिनेमा घरहरुमा आउँदैछन् । अर्को तिर अभिनेता सिद्धार्थ मल्होत्रापनि आफ्नो नयाँ सिनेमा ‘अय्यारी’ का साथ तम्तयार छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

केही दिन अघि फिल्म निर्माताले ‘अय्यारी’ को ‘बिहाइन्ड द सीन्स’ को एक भिडियो दर्शक सामु पेश गरेको थियो । त्यो बेला निर्देश्क नीरज पाण्डेले फिल्म २६ जनवरीमा प्रदर्शन गरिने बताएका थिए । अब ‘प्याडम्यान’ र ‘अय्यारी’मा कसले बक्स अफिसमा बर्चश्व जमाउछ त्यो आगामी वर्ष मात्रै जानकारीमा आउने छ ।  

२. रजनीकान्त भर्सेज वरुण धवन (१३ अप्रिल)

Global Ime bank

रजनीकान्त अभितिन ठूलो बजेटको फिल्म ‘२.०’ आफ्नो पोस्ट प्रोडक्शन हुँदै लगातार रुपमा अघि बढी रहेको छ । प्राप्त जानकारी अनुसार फिल्म निर्माताले यो सिनेमालाई आगामी वर्षको अप्रिल महिनामा रिलिज गर्ने भएका छन् । यद्यपी अहिले नै प्रदर्शन मिति भने तय भइसकेको छैन् । 

उता अको तर्फ वरुण धवनले केही समय अघि एक पोस्टका माध्यमबाट आफ्नो  नयाँ फिल्म ‘अक्टूबर’ लाई अप्रिल महिनामा दर्शक सामु ल्याउने घोषणा गरेका थिए । 

३. टाइगर श्राफ भर्सेज कंगना रनावत (२७ अप्रिल)

फिल्म ‘बागी’ टाइगर श्राफको करियरको सबैभन्दा हिट फिल्म हो । यति बेला उनी यसै सुपरहिट फिल्मको सीक्वलमा काम गरिरहेका छन् । जसलाई २७ अप्रिलमा बक्स अफिसमा रिलिज गरिने भएको छ । फिल्ममा उनीसँगै दिशा पटानीपनि देखिने भएकी छन् । यो फिल्मलाई दर्शकहरुले उत्साहपूर्वक प्रतिक्षा गरिरहेका छन् । 

यद्यपी टाइगरका समर्थकहरुको उत्साहलाई कंगनाका समर्थकहरुले कडा टक्कर  दिने भएका छन् । कंगना रनावत पनि आफ्नो नयाँ फिल्म ‘मणिकर्णिका’ लिएर २७ अप्रिलकै दिन आइ रहेकी छन् । यो फिल्ममा उनी रानी लक्ष्मीबाईको भूमिका निभाई रहेकी छन् । यी दुबै फिल्मबीचको भिडन्त बलिउड इण्डस्ट्रीका लागि ठूलो भिडन्त सावित हुने अनुमान गरिएको छ । 

४) सलमान खान भर्सेज ऐश्वर्या राय बच्चन (जून १५)

पछिल्ला केही वर्षका ईद पर्वा सलमान खानकै नाममा रहेका छन् । उनी ईदको अवसर पारेर आफ्नो फिल्म रिलिज गर्दै आएका छन् । साथै ताबडतोड कमाई पनि गर्दछन् । सन् २०१८ मा पनि यही सिलसिला जारी रहने छ । सलमान आफ्नो आगामी mिल्म ‘रेस–थ्री’ बाट २०१८ को ईद पर्वलाई अझै रंगिन बनाउने सोचमा छन् । 
तर आगामी वर्ष उनका सामु ऐश्वर्या राय बच्चन नामक चुनौती खडा हुने भएकी छन् । निर्देशक राकेश ओमप्रकाश मेहरा आफ्नो नयाँ फिल्म ‘फन्ने खां’ लाई २०१८ को ईद पर्वमै रिलिज गर्ने भएका छन् । 

५) आमिर खान भर्सेज अजय देवगन (७ नोभेम्बर) 

सन् २०१८ को दीपावलीमा अजय देवगन र आमिर खानबीच फिल्मी भिडन्त हुने भएको छ । यस पटक अजय देवगनको ‘गोलमाल अगेन’ ले बाजी आफ्नो पक्षमा पारेको छ । ‘गोलमाल अगेन’ सँगै प्रदर्शनमा आएको आमिर खानको ‘सीक्रेट सुपरस्टार’ औसत फिल्म बन्न पुगेको छ । 

आगामी वर्षपनि यी दुबै स्टार आफ्नो–आफ्नो फिल्मलाई दीपावालीमा प्रदर्शन गर्ने मनसायमा पुगेका छन् । आगामी दीपावलीमा आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’ र अजय देवगनको ‘टोटल धमाल’ एक पटक बलिउडमा प्रदर्शन हुने भएको हो । 

६) शाहरुख खान भर्सेज रणवीर सिँह भर्सेज सुशान्त सिँह राजपूत (डिसेम्बर २१) 

सन् २०१८ को सुरुवात जस्तै अन्त्यमा पनि बलिउडमा फिल्महरु एक आपसमा भिड्ने भएका छन् । २०१८ को क्रिसमसको अवसर पारेर बउिडका तीन वटा फिल्महरु एक साथ प्रदर्शनमा आउने भएका हुन् । पहिलो शाहरुख खानको फिल्म जसमा उनी होचो कद भएका व्यक्तिको भूमिका निभइरहेका छन् । दोस्रो रणवीर सिँहको ‘टैम्पर रीमेक’, जसलाई रोहित शेट्टीले निर्देशन गरिरहेका छन् । र तेस्रो सुशान्त सिँह राजपूतको ‘केदारनाथ’, जुन सारा अली खानको डेब्यू फिल्म हुनेछ । यी तीनै फिल्म मध्ये बक्स अफिस भिडन्तमा कसले बाजी मार्छ त्यो भने हेर्न पने हुन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०७४  ०१:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC