site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
धनगढीबाट चुनाव जित्ने मै हुँ 
Ghorahi CementGhorahi Cement

दिनेशराज भण्डारी धनगढी क्षेत्र नम्बर ५ का विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभातर्फ प्रत्यक्षका उमेदवार हुन् । होटल व्यवसायी भण्डारी राजनीतिमा प्रवेश गर्नुअघि समाजसेवी समेत हुन् । आफ्नो पहल र संयोजकत्वमा धनगढीमा धेरै काम भएको तथा मतदातासमक्ष आफू जनताको काम गर्ने इच्छाशक्ति भएको व्यक्ति भएकाले चुनाव जित्ने उनी दाबी गर्छन् । घरदैलो कार्यक्रममा युवा र इमान्दार मतदाताको लहर आफ्नो पार्टीप्रति देखिनु अन्य दलप्रतिको असन्तुष्टि भएको उनको बुझाई छ ।

परिवर्तनका लागि एउटै व्यक्ति काफी हुने विचार राख्ने भण्डारीसँग उनका चुनावी एजेण्डा, विकास निर्माणमा धनगढीको अवस्था लगायतका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीः  

 

Agni Group

चुनावी प्रचार कसरी गरिरहनु भएको छ ?

 

Global Ime bank

हामीले घरदैलोका लागि मतदातालाई आफ्नो टोलमा बोलाइदिनुस् भनेर अनुरोध गरेका छौं । हाम्रो अनुरोधअनुरुप उहाँहरुले बोलाएका ठाउँमा गएका छौं । प्रशिक्षण, चुनावी सभा, घरदैलो अभियान चलाइरहेका छौं । मतदातालाई भेटेर हाम्रो चुनावी एजेण्डा प्रस्तुत गरिरहेका छौं । 

पुरानो राजनीतिक संस्कार र नेपालको मुहार बदल्ने भनेर हिँडेको तपाईंको दलले प्रचारको शैली चाँहि बदल्न सकेन, किन ? 

प्रचार शैली नयाँ नै छ हाम्रो । केही दिन अगाडि बीबीसीले पनि विवेकशील साझाको प्रचार शैली अरुभन्दा फरक छ भनेर समाचार बनाएको थियो । 
हामी सकेसम्म धेरै मतदाताको घरमा पुगेका छौं ।

मतदाताकहाँ जाँदा हामी स्थानीय स्तरमा विकासमा आबद्ध र प्रतिबद्धता जनाएका र काम गरिरहेका व्यक्तिहरुलाई सँगै लिएर गैरहेका छौं । 

अरुका भन्दा फरक चुनावी एजेण्डा के छन् तपाईंका ?

यो देशमा विभिन्न वादका नाममा धेरै धोका दिइयो जनतालाई । लोकतन्त्रका नाममा राष्ट्रको ढुकुटीमा लुटतन्त्र भयो । 

६४ जना मन्त्री भए । दर्जनको नजिकमा विनाविभागीय मन्त्री छन् । राज्यको सुविधा लिइरहेका छन् । यस्ता व्यक्तिलाई चिन्नुपर्छ । अहिले भ्रष्टाचार भन्दा पनि हाकाहाकी देखाएर लुट्ने काम भैरहेको छ । यो बन्द गरिनुपर्छ ।  इमान्दारिता, पारदर्शिता र उत्कृष्टतामा हामीले जोड दिइरहेका छौं ।

भ्रष्टाचार जिरोमा झार्नुपर्छ, जनताको काम तत्काल हुनुपर्छ, स्थानीय स्रोत र साधनको परिचालन हुनुपर्छ, विदेश जाने युवाको संख्या रोक्न कसरी सकिन्छ भनेर हामीले नीति बनाउन सकिन्छ ।

विकास र समृद्धि नभएसम्म विदेश पलायनको क्रम रोकिँदैन । 

तपाईंले भनेका यी एजेण्डा अरु दलले पनि उठाउँदै आएका साझा एजेण्डा हुन् नी !

यहाँका सचेत मतदाताले कुरा बुझ्नु भएको छ । यहाँबाट जितेर गएका दलहरुको के गरे भन्ने सबैले बुझ्नुभएको छ । १२ वर्षदेखि हामीले यहाँका २१ वटा मेरुदण्डका रुपमा रहेका ब्याकबोन प्रोजेक्टका बारेमा हामीले यो देशको नेतृत्वसमक्ष पटक–पटक ज्ञापनपत्र बुझाएका छौं, ध्यानाकर्षण गरेका छौं । २१ किलोको माला लगाएर हामीले नेताहरुलाई झक्झक्याएका छौं ।  

उहाँहरुले जति काम गर्दै जानुहुन्छ त्यति मालाको वेट घटाउँदै जान्छौं भनेर सँगै भनेका पनि थियौं । 

२२ वर्ष अगाडि शेरबहादुर देउवा त्यहीँबाट प्रधानमन्त्री हुनुभएको थियो । उहाँ पटक पटक प्रधानमन्त्री हुनुभयो । यो ठाउँले मान्छे नपाएको होइन । हामीले मान्छे बनायौं, तर त्यो मान्छेले यो ठाउँलाई बनाएन । अञ्चल अस्पताललाई सुविधा सम्पन्न बनाउन, पर्यटनको कार्यालय बनाइदिन आग्रह गरेका थियौं, कर्मचारी तथा विद्यार्थीमा राजनीति नघुसाइदिन आग्रह गरहेका थियौं । यी एजेण्डा हामीले उठाएका छौं । 

तपाईंले हरेक क्षेत्रले राजनीति बुझ्नुपर्छ तर गर्नुहुँदैन भनेर भनिरहँदा धनगढीमा अधिकांश व्यवसायीहरु तपाईंकै पार्टीमै प्रवेश गर्नुभएको छ नि !

धेरैको बुझाई यस्तै छ । मेरा छोराछोरी यहीँ जन्मिएका हुन्, यहीँ पढेका हुन्, म हिँड्ने सडक यहीँको हो । म समृद्ध हुँदा मेरो गाडी जोडुँला, वर्षको एउटा तला थपुँला, घर जोडुँला । राजनीति भनेको पेशा होइन । यसलाई पेशा बनाइयो । पेशा व्यवसाय नभएका व्यक्तिले रानीतिलाई सेवा बनाउन सक्तैनन् । यहीँबाट विकृत सुरु हुन्छ, भ्रष्टाचार सुरु हुन्छ । राजनीति त राष्ट्रिय स्तरको सेवा हो । 

पेशा व्यवसाय भएका व्यक्ति राजनीतिमा आए भने मात्रै भ्रष्टाचार हुँदैन भन्नु भएको हो ?

हो । मैले भन्ने खोजेको त्यही हो । व्यवसायमा सफल भएको व्यक्तिले आर्थिक नीति पनि राम्रो बनाउँछ । 

पेशा व्यवसाय भएका व्यक्ति मात्रै राजनीतिमा आउनुपर्छ भन्ने होइन । तर राजनीतिलाई समाजसेवा गर्ने इच्छाशक्ति  भएको व्यक्ति राजनीतिमा आउनुपर्छ भन्ने हो । 

समाजमा स्थापित र योगदान गरेका व्यक्ति राजनीतिमा आउनुपर्छ । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलदेखि पछिको दोस्रो ठूलो विमानस्थल गेटा विमानस्थल हामीले आफ्नै पहलमा रिक्सावालाकोसम्म पैसा हालेर बनाएका हौं । स्रोत थिएन इच्छाशक्ति मात्रै थियो । अभावको सुदुरपश्चिम भन्ने कन्सेप्ट थियो तर हामीले सुन्दर सुदुरपश्चिम भनेर ब्राण्डिङ गर्यौं । 

त्यसैले इच्छाशक्ति भएको व्यक्तिलाई राजनीतिमा आउन र ल्याउन हामी आग्रह गर्छौं । शेरबहादुर देउवालाई हामीले मेडिकल कलेज सञ्चालन गरिदिनुस् भन्यौं उहाँले मान्नुभएन । गोविन्द केसीले आएर सञ्चालन गरिदिनुहुन्छ कि यहाँ आएर आमरण अनसन बस्नुस् भन्नुपर्ने अवस्था आएको छ ।

विवेकशील साझा पार्टीको जनाधार कस्तो छ गाउँगाउँमा ?
 

तराजुको लहर छ । सबैपार्टीबाट मतदाता निराश छन् । मतदाता कसैको पकेटमा छैनन् । मतदाता जनता र विकासप्रति जो डेडिकेट छ उसलाई नै छान्छन् भन्ने हाम्रो विश्वास छ । 

गोपी हमाल स्थानीय निकायको निर्वाचनमा मेयरमा २७ सय मतले हार्नु भएको हो । 

तर, उहाँको ३७ सय मत बदर भएको थियो । मत बदर नभएको भए उहाँले जित्नु भएको थियो । उहाँ अहिले हाम्रो पार्टीमा हुनुहुन्छ । चुनाव चिन्ह त्यो बेला ५ दिन अगाडि मात्रै पाएका थियौं । यो ठाउँलाई केही योगदान दिएका र दिन सक्ने युवा हामीसँग हुनुहुन्छ । 

अरु दलप्रतिको निराशा नै तपाईंको जित्ने आधार हो ?

त्यो पनि हो । र, हिजो हामीले आफ्नो पेशा वा व्यवसाय गर्दैगर्दा समाजलाई पुर्याएको योगदान नै हामीले जित्ने आधार हो । स्थानीय निकायको निर्वाचनमा गोपी हमालले नभए कसरी त्यति धेरै भोट पाउनुहुन्थ्यो ? यो ठाउँमा उहाँले थुप्रै काम गर्नुभएको छ । मैले यो ठाउँमा धेरै काम गरेको छु । खुटिया दिपायल सडकखण्ड २०५ किलोमिटर छ । यो भन्दा छोटो बाटो छ भनेर हामीले मेरो संयोजकत्वमा सर्भे गरायौं । जम्मा ७२ किलोमिटर छ । हामीले यो दशेका हरेक नेतालाई भन्यौं ५ वर्षको इन्धनको बचतले यो बाटो बनाउन सक्छौं । 

अहिले त्यो बाटो सुरु भएको छ । अघिल्लो चुनावमा यो बाटोलाई शेरबहादुर देउवाले मेरो मुख्य प्राथमिकतामा पर्छ भनेर भन्नुभयो तर बनाउनु भएन । अहिले उहाँकै धर्मपत्नी आएर म बनाउँछु भनेर भनिरहनु भएको छ । जबकी त्यो दिपायलबाट आधा बाटो ट्रयाक ओपन भैसकेको छ ।

उहाँहरुले अरु कुरा गरे हुन्छ नि किन हामीले गरेको कुरा उठाउँनुहुन्छ ? प्रत्येक पटक एउटै कुरामा प्रत्यक पटक प्रतिबद्धता जनाउनुहुन्छ तर काम गर्नुहुन्न । मेडिकल कलेज, विशेष आर्थिक र पर्र्यटकीय क्षेत्र, गौरीफण्टा नाका सुदुरपश्चिमको भविश्य बनाउने नाका हुन्छ यसलाई खोल्नुपर्छ भन्यौं तर सुन्नुभएन । 

गोपी हमालले पाएको भोट तपाइँले पाएर जित्छु भन्नुभयो । उहाँ त स्वतन्त्रबाट उठ्दा स्वतन्त्र व्यक्तिले दिएको भोट थियो । ती सबै मतदाता विवेकशील साझामा आउँछन् भन्ने के ग्यारेन्टी छ ?

उहाँले पाएको भोट भन्दा बढी भोट ल्याएर हामी जित्दैछौं । त्यो बेला स्वतन्त्रमा रहेका सबै युवा अहिले विवेकशील साझामा आइसक्नुभयो । 

हिजो डराएर लुकीलुकी भोट हाल्ने ६ हजार ५ सय युवा यही क्षेत्रबाट हामीसँग संगठित भैसक्नुभएको छ । हामी मत माग्न जान्छौं हामीलाई पार्टीको सदस्यता दिनुस् भनेर भनिरहनु भएको छ । 

यो विकास र समृद्धिको पक्षमा आएको लहर हो । इमान्दार र इच्छाशक्ति भएको व्यक्ति राजनीतिमा आउनुपर्छ भन्ने माग हो । 

देशभारबाट कति सिट जित्ने आंकलन गर्नुभएको छ ? 

हाम्रो पार्टी संयोजक रवीन्द्र मिश्रले भनेअनुसार उहाँले काठमाडौं १ नम्बर क्षेत्रबाट, २ नम्बरबाट डा. सूर्यराज आचार्यले, उज्वल थापाले पनि चुनाव जित्दै हुनुहुन्छ । मैले यहाँबाट चुनाव जित्दैछु । समानुपातिकमा पनि हामीले राम्रै मत ल्याउँछौं ।

बेलौरीबाट पनि साथीहरुले चुनाव चिन्दै छन् भन्ने हाम्रो आंकलन हो । 

तपाईंको दाबीअनुसार नै जित्ने हो भने पनि ७∕८ सिट कट्दैन, तपाईंहरुले देश परिवर्तन गर्ने कुरा गर्दै हुनुहुन्छ, तर थोरै सिट भएका दलहरुले त संसदमा नियमापत्ति जनाउने बाहेक के नै गर्न सक्छन् र ?

यो प्रश्न धेरैले सोध्नुभयो । परिवर्तनका लागि धेरै व्यक्ति, चाहिँदैन, एउटै व्यक्ति काफी हुन्छ । आज प्रतिपक्ष छैन । हामी भ्रष्टाचार विरुद्ध बोल्छौं । विकृति र विसंगतीविरुद्ध आवाज उठाउँछौं । 

भ्रष्टाचारीलाई अदालतमा उभ्याउने् वातावरण बनाउँछौं । हिजो हामी राजनीति र संसदमा नहुँदा एयरपोर्ट बनाएर देखायौं । 

कुलमान घिसिङ एक्लो व्यक्तिले १८ घण्टाको लोडसेडिङ घटाएर शून्यमा झार्नुभयो । त्यो उहाँको एक्लो प्रयास थियो । यसको अर्थ इच्छाशक्ति भयो भने गर्न सकिन्छ भन्ने हो । देश बनाउने प्रवल इच्छाशक्ति भएका साथीहरु हाम्रो पार्टीमा हुनुहुन्छ । एउटा मात्रै सिट भयो भने पनि हामी धेरै परिवर्तन गरेर देखाइदिन्छौं । 

मतदाता शिक्षा मतदाता समक्ष पुर्याउने जिम्मेवारी दलहरुको हो कि हैन ? तर त्यो त देखिएन नि किन ?

हो । यसमा कुनै शंका छैन । मतदान रक्तदान, जीवनदान भन्दा पनि ठूलो महादान हो । त्यसैले कसलाई कसरी मतदान गर्ने भनेर सिकाउनु मैदानमा उत्रिएका दलहरुको कर्तब्य हो । 

आफ्नै पार्टीको कुरा गरेजस्तो हुन्छ, तर हामीले कसरी मतदान गर्ने भनेर सिकाएका छौं घरघरमा पुगेर । अरुको पार्टीको चाँही मलाई थाहा भएन । सायद सबै पार्टीले मतदाता शिक्षा नदिएकाले यो गुनासो आएको हुनसक्छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०७४  १९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC