site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
मताधिकार र कर्तव्य

मतको अधिकार मताधिकार 

मतदाता नामावलीमा नाम भएको १८ वर्ष उमेर पुगेको नेपाली नागरिक सबैले आफूले चाहेको पार्टी वा व्यक्तिलाई कुनै करकाप, डरधम्की, लोभलालचमा नपरी स्वेच्छाले मत खसाल्ने अधिकार हुन्छ । यसैलाई मताधिकार भनिन्छ ।

मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्दा आफ्नो मतबाट एक इमानदार, स्वच्छ छविको, विकास प्रेमी, ’भिजन’ र योजना भएको जनभावना बुझ्ने, राष्ट्र र राष्ट्रियताप्रति गर्व गर्ने र सबैलाई एकताबद्ध गरी सँगै लैजान सक्ने सबल र सक्षम उमेदवारलाई छान्नु पर्छ ।

Agni Group

हामी नेपाली अधिकार माग्नमै व्यस्त र मग्न छौँ । अधिकारसँगै कर्तव्य पनि हुन्छ र त्यसलाई पूरा गर्नुपर्छ भन्ने चाहिँ बिरलै सोच्छौँ । कसैले त्यस्तो सोचेको भए त आज देशको अवस्था पक्कै यस्तो हुदैनथ्यो । अधिकारसँग कर्तव्य पनि हुन्छ भन्नेतर्फ खासै ध्यान दिइँदैन । 

मतदाताको कर्तव्य
 

Global Ime bank

आफूले मतदान गर्ने उमेदवारको नैतिक पतन भएनभएको, भ्रष्टाचारमा दोषी भएनभएको, हत्या, बलात्कार, अपहरण, चोरीडकैती, दलाली, गुन्डागर्दीजस्ता अपराधमा संलग्न भए नभएको पत्ता लगाउने र त्यस्ता उमेदवारलाई अस्वीकार गर्ने मतदाताको कर्तव्य हो । साथै आफ्नो मतबाट विजयी प्रतिनिधिले उसका बाचा र प्रतिबद्धता पूरा गर्‍यो गरेन, जनताको पक्षमा काम गर्‍यो गरेन, उसले आफ्नो कार्य क्षेत्रमा समयसमयमा आयो आएनजस्ता विषयमा ध्यान पुर्‍याउनु पर्छ । उसले आफ्नो क्षेत्रका जनतालाई एकताबद्ध गर्न सकेको छ छैन, विकास निर्माण कार्य सञ्चालनमा त्यस क्षेत्रका जनता सँगसँगै छ छैन, समाजलाई सँगसँगै हिँडाउन सकेको छ छैन भन्नेजस्ता विषयमा चासो राख्नु र सूचना माग्नु पनि मतदाताको कर्तव्य हो ।

आफ्नो मतबाट छानिएको उमेदवारको जिम्मेवारी मतदाताले लिनुपर्छ । हाम्रो मतले कसैलाई अधिकार सम्पन्न बनाउन सक्छ भने कसैलाई त्यो अधिकारबाट बञ्चित गराउन पनि सक्छ । मतदाताले कसैलाई निर्वाचित र कसैलाई पराजित बनाउन सक्छन् । हामी नेपालीमा अर्काको आलोचना गर्ने, असन्तुष्टि र विमति जनाउने प्रवृत्ति छ । अर्काको कमी कमजोरी, त्रुटि, दोष, अवगुणमात्र थाहा हुन्छ ।

हामी आफूलाई बिर्सेर अर्काको आलोचना गर्दागर्दै विवेक नै त गुमाएका छैनौ ? हामी आफैँ न्याय मूर्ति बन्छौँ । हामी पटकपटक गल्ती दोर्‍याउँछौँ तर फेरि आैँला उठाउछाैँ त अर्कोतर्फ । हाम्रो छनोट, मत र उमेदवारी सक्षम नभए, काम गर्न नसके असफल भएको भए किन हामी उसलाई हराउन सक्तैनौ ?  किन तिमी गलत छौ, जिम्मेवारी पूरा गर्न सकेनौ, त्यसैले तिमी योग्य छैनौ भन्न किन नसकेको ? त्यो पनि गोप्यरूपमा, शान्तिपूर्ण तरिकाले मतदान मार्फत् ।

फलस्वरूप, उसले आफ्नो गल्ती थाहा पाओस्, आफूले जनताको मन जित्न नसकेको बुझोस्, आफूले जनताका पक्षमा काम गर्न नसकेको थाहा पाओस् अनि पो सुध्रिन्छ मान्छे । अनि पो चिन्तन र मनन गर्छ मान्छेलले । अनि पो साच्चिकै इमानमा उभिन्छ मान्छे । यस्तो वातावरण सिर्जना गर्नसक्ने हामी मतदाता ने हो । आजसम्मका घटनाक्रम र विकास नहुनु, अस्तव्यस्त र अस्थिर हुनुमा मतदाता पनि अरूभन्दा कम दोषी छैनौ ।

त्यसैले मत दिनुअघि मतदाताले आफ्नो क्षेत्रमा उठेका सबै उमेदवारका बारेमा जान्नुपर्छ । ऊ कस्तो व्यक्ति हो ? के गर्छ ? कहाँबाट आएको हो ? उसको पृष्ठभूमि के हो ?

उसको चरित्र कस्तो छ ? आफ्नो क्षेत्रका बारेमा जानकार छ छैन? त्यहाँका समस्या, अभाव अनि गर्नुपर्ने कार्यका बारेमा उसका के कस्ता योजना र दृष्टिकोण छन् ? समाज एकताबद्ध गर्न सक्छ सक्दैन ? जस्ता प्रश्नको उत्तर खोज्यौँ भने हामीले हाम्रो कर्तव्य राम्रोसँग पूरा गर्न सक्छौँ ।

आफ्नो अधिकारको सदुपयोग गर्ने र फेरि पुरानै गल्त नगर्ने प्रण गरौँ । मताधिकारको सदुपयोग गर्दा विवेक प्रयोग गरी कर्तव्यको पनि ख्याल गराँै ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०७४  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC