site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चुनाव हार्दै हार्दैनौं : रवीन्द्र मिश्र
Ghorahi CementGhorahi Cement

काठमाडौं । निर्वाचन प्रचार-प्रसारको अन्तिम दिन काठमाडौं क्षेत्र नम्बर १ का विवेकशील साझा र वाम गठबन्धनका उमेदवारहरु सुकम्वासी बस्तीलाई मुख्य केन्द्र बनाए ।

एमाले र माओवादीबीचको वाम गठबन्धनबाट संयुक्त रुपमा उमेदवारी दिएका अनिल शर्मा राजधानीको वडा नम्बर १० को सुकुम्वासी बस्तीमा पुगि उनीहरुलाई लालपूर्जा दिलाइदिने आश्वासन दिए । 

सुकुम्वासीहरुसँग गठबन्धनका साझा उमेदवार शर्माले भने, ''तपाईंहरुले २ दिन दिइदिनुहोस् बाँकी तपाईंहरुको जिम्मा हामी लिन्छौं । तपाईंहरुलाई सुकुम्वासीबाट मुक्त बनाउँछौं । वाम गठबन्धनको स्थिर सरकार आएपछि तपाईंहरुलाई लालपूर्जा दिन्छौं ।''

Agni Group

उनले हिजो गरेका प्रतिबद्धताहरु पूरा गर्न आफूले उमेदवारी दिएको जिकिर समेत गरे ।

हिजो हामीले गरेका प्रतिबद्धताहरु पूरा गर्न युवा नेतृत्वको हिसाबले मैलै उमेदवारी दिएको छु, ''शर्माले भने, ''अब काठमाडौंलाई व्यवस्थित सहरको रुपमा विकास गर्ने मेरो योजना छ, त्यसको लागि स्थिर वामपन्थीहरुको स्थिर सरकार चाहिन्छ ।''

Global Ime bank

विवेकशील साझा पार्टी पनि निर्वाचन प्रसार-प्रचारको अन्तिम दिन काठमडौं बाग्मती किनारामा रहेका सुकुम्वासीहरुको घर-घरमा पुग्यो । निर्वाचन प्रचार-प्रसारमा सुकुम्वासी बस्तीमा पुगेका विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले पनि काठमाडौंलगायत देशैभरीका सुकुम्वासीहरुको समस्या समग्रतामा हल हुनुपर्ने बताए । 
काठमाडौं १० का सुकुम्वासी सानीकाजी महर्जन र सन्तबहादुर तामाङ दुवैले आफूहरुले लालपूर्जा पाउने आशा नरहेको बताए । उनीहरुले सधैँ नेताहरुले चुनावको बेलामा झुटो आश्वासन बाँड्ने गरेको बताए ।

चुनाव प्रचार-प्रचारको क्रममा विवेकशील साझाका संयोजक मिश्रसँग गरेको संक्षिप्त कुराकानी:

निर्वाचन प्रचार-प्रसारको अन्तिम दिन हुनुहुन्छ, मतदाताहरुको अपेक्षा कस्तो पाउनु भएको छ ?

मतदाताहरुको अपेक्षा एकदमै सदभावपूर्ण हामीले पाएका छौं । धेरै मतदाताहरुले यो देश बिग्रियो तपाईंहरु आइदिनुभयो भनेर बर्बर आँशु झार्दै हामीप्रति विश्वास गरेका छन् । उनीहरुको विश्वासलाई हामी मर्न दिँदैनौं ।


निर्वाचन प्रचार-प्रसारको अन्तिम दिनमै सुकुम्वासी बस्तीमा किन ?

यो भन्दाअगाडि पनि हामी सुकुम्वासी बस्तीमा आएका छौं । निर्वाचनमा उहाँहरुको पनि सबैको सहभागिता रहोस् भन्ने उद्देश्यले आज अन्तिम दिनपनि यहाँ आएका हौं ।

सुकुम्वासीहरुको लागि तपाईँहरुको योजना के छ ?

लालपूर्जा दिन्छु भन्नेले कहिल्यै पनि समस्याको समाधान गर्न सक्दैन । ४० वर्षदेखि पुराना पार्टीका नेताहरुले सुकुम्वासीहरुलाई ढाँट्दै आएका छन् । सुकुम्वासीहरुको समस्या समग्रतामा समाधान गर्नुपर्छ । उनीहरुको बच्चाहरुको पढाईंको, बसोबासको, रोजगारीको विषय समग्रतामा समाधान गरिनुपर्छ । सुकुम्वासीबस्तीका मानिसहरु पनि एकदमै विवेकशील छन् र उनीहरु पैसामा बिक्नेवाला छैनन् । उनीहरुले हाम्रा लागि २/४ हजार खर्च गर्न पनि तपार रहेको मैले पाएको छु । त्यसैले चुनाव जितेपछि उनीहरुको व्यवस्थित बसोबासको लागि लागि हामीले विशेष योजना बनाउँछौं ।


वाम र लोकतान्त्रिक गठबन्धनका उमेदवारसँग कसरी चुनावी मैदानमा कत्तिको चुनौति छ  ?

एकदमै खरो रुपमा चुनावी मैदानमा होमिएका छौं  मलगायत मेरो पार्टीप्रति काठमाडौंका जनताले धेरै आशा र भरोसा गरेका छन् । त्यसैले उनीहरुको साथ र सहयोगले नै चुनावी मैदानमा उत्रिइएको छु, कुनै समस्या छैन ।

चुनाव जित्नेमा विश्वास्त हुनुहुन्छ ?

एकदमै विश्वस्त छु ।

चुनाव हो हार्नुभयो भने के हुन्छ ?

हार्छु भनेर मैले सोचेको पनि छैन, यदी हारेँ भने पनि हाम्रो यात्रा सशक्त रुपमा अगाडि बढ्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०७४  २०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC