site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं महानगरपालिकाले धुलोमुक्त अभियानसहित विभिन्न कार्यक्रम गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो स्थापनाको २३ औं वर्षको अवसरमा धुलोमुक्त अभियानका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । 

महानगर दिवस कार्यक्रम उपसमितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

यस कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा ४३ सदस्यीय मूल समारोह समिति र प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्व, प्रशासन महाशाखा प्रमुख सदस्य सचिवसहित २३ सदस्यीय कार्यक्रम उपसमिति गठन गरिसकेको छ । 

कार्यक्रमअनुसार मङ्सिर २७ र २८ गते काठमाडौंका मुख्य सडक सरसफाई गरिने महानगरपालिकाका प्रवक्त ज्ञानेन्द्र कार्कीले बताए ।  

Global Ime bank

सहरी सुन्दरता, स्वच्छता र व्यवस्थापनमा नगरबासीको सहभागिता बढाउन मङ्सिर २९ गते वसन्तपुरदेखि बागदरबारस्थित महानगरपालिका भवनसम्म सांस्कृतिक झाँकीसहित प्रभातफेरी गर्ने साथै उत्कृष्ट करदाता सम्मान, सफाइ अभियन्ता सम्मान, उत्कृष्ट कर्मचारी सम्मानलगायतका कार्यक्रम सम्पन्न गरिने प्रवक्ता कार्कीले बताए ।

वि.सं. १९७६ पौष २ गते स्थापना गरिएको सफाइ अड्डाको परिमार्जित संगठन संरचना तत्कालीन काठमाडौं नगरपालिकालाई वि.सं. २०५२ साल मङ्सिर २९ गते काठमाडौं महानगरपालिका घोषणा गरिएको थियो ।

यस कार्यक्रमको संयोजनको जिम्मा महानगरको वातावरण व्यवस्थापन विभागलाई दिइएको छ ।
  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०७४  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC