site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । ग्लोबल आईएमई बैंक र भारतको एक्सिस बैंकबीच व्यावसायिक कारोबार सुरु भएको छ । यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि भारतस्थित एक्सिस बैंकका ३ हजारभन्दा बढी शाखाहरुमार्फत पठाएको रकम  नेपालमा रहेका ग्लोबल आईएमई बैंकका १०८ शाखाहरु सहजै उपलब्ध हुने जनाइएको छ । साथै बैंकको इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई)का ६ हजारभन्दा बढी तथा बेस्ट रेमिटका ४ हजारभन्दा बढी एजेन्टमार्फत प्राप्त गर्न सकिने बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र बर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानहरुमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत् आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकका अनुसार २०७४ असोज मसान्तसम्म १ खर्व ४ अर्व ९४ करोड  निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी गरेको बैंकको हाल १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५३ शाखा रहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गरिरहेको छ । 

Global Ime bank

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि, सम्पर्क कार्यालय स्थापना गरेर सो देशहरुमा रहेका नेपालीहरुमाझ सेवा प्रदान गर्दै आईरहेको छ । 

मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट समेत रेमिट्यान्स सेवा प्रदान गरिरहेको बैंकको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०७४  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC