site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काबुल । पूर्वी अफगानिस्तानमा भएको कारबाहीको क्रममा अल कायदाका एक वरिष्ठ कमाण्डर मारिएका छन् । यस कारबाहीको क्रममा अन्य ८० जना सरकार विरोधी आतङ्ककारी पनि मारिएका छन् । अफगानिस्तानको गुप्तचर निकायले मङ्गलबार सो जानकारी दिएको छ । 

राष्ट्रिय सुरक्षा निर्देशनालय (एडिएस) ले जारी गरेको एक विज्ञप्तिका अनुसार यस कारबाही अफगान सैनिक, एडिएसका सदस्यहरु र अमेरिकी सेनाको संयुक्तरुपमा भएको जनाएइको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ओमार खेताब नामक अल कायदाका वरिष्ठ नेता अफगान सेनाले मङ्गलबार बिहान गरिएको सो कारबाहीमा मारिएका बताइएको छ । 

अफगानिस्तानको अल कायदा सञ्जालका यिनी दोस्रो श्रेणीका नेता हुन् । यस कारबाहीमा मारिएका आतङ्ककारी प्रायः अल कायदाका थिए भने दर्जनौँको सङ्ख्यामा तालिवानहरु रहेका जनाइएको छ । 

Global Ime bank

पूर्वी अफगानिस्तानको गजनीमा सो कारबाही भएको थियो । उक्त क्षेत्रमा ती लडाकूहरु रहेको सूचनाको आधारमा सैनिकले सो कारबाही गरेका थिए । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०७४  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC