site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
उत्तर कोरियाली सेनाको पेटमा १० इन्च लामो किरा !
Sarbottam CementSarbottam Cement

काठमाडौं । केही समयअघि उत्तर कोरियाबाट दक्षिणको सीमा पार गर्न सफल भएका एक सैनिकको अहिले उपचार भइरहेको छ । त्यहाँबाट दक्षिण कोरिया छिर्ने क्रममा उनीमाथि ४० गोली प्रहार गरिएको थियो । चारवटा गोली उनको शरीरका विभिन्न भागमा लागेपछि उनलाई तुरुन्तै दक्षिण कोरियाको अस्पतालमा भर्ना गरिएको थियो । 

तर उनको स्वास्थ्य अवस्था उत्तर कोरियाली सेनाले प्रहार गरेको गोलीले भन्दा पनि अन्य रोगका कारण खराब भएको चिकित्सकहरुले बताएका छन् । २४ वर्षीय ओ छोङ सोङको शरीरलाई जिउँदो राख्न उनलाई दिनकै रगत चढाउनुपरेको अस्पतालका कर्मचारीले बताएका छन् । अहिले भने उनको शरीर भित्र १० इन्च लामो किरा रहेको र उनी हेपटाइटिस बी ले पनि संक्रमित भएको डाक्टर लि कुक जोङले बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गम्भीर घाइते भएका उनी नाजुक अवस्थामा थिए तर चिकित्सकहरुको लगातार कोशिश पछि उनले पुनः नयाँ जीवन पाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनको पेटभित्रबाट निकालिएको १० इन्च लामो किरा अस्पतालमा उपस्थित सबैका लागि अत्यन्तै अनौठो घटना रहेको बताइएको छ । उनको उपचार गरिरहेका डाक्टर लिले समेत आफ्नो तीस वर्ष लामो करिअरमा मानिसको पेटभित्र  त्यति लामो र भयानक किरा कहिल्यै नदेखेको बताएका छन् । उत्तर कोरियामा सरसफाइको कमी र पोषणयुक्त खाना खान नपाएकोले उनी त्यस्तो हालत्मा पुगेको बताइएको छ । 

Global Ime bank

गरिबीका कारण उत्तर कोरियाका अधिकांश मानिसको त्यस्तै अवस्था भएको हुन सक्नेबारे, दक्षिण कोरियाका चिकित्सकहरुले चिन्ता व्यक्त गर्दै भनेका हुन् । उत्तर कोरियाली नेता किमले सम्पूर्ण जनता गरिबीका कारण झन्झन् भयानक अवस्थामा पुगिरहेको भएपनि उनी केबल मिसाइल परीक्षण र लडाईँमा मात्र केन्द्रित भइरहेको देखिन्छ । पहिले देखि नै जनता खराब स्थितिमा गुजारा गर्न बाध्य भएका बेलामा खाद्यान्न लगायत दैनिक सामग्रीमाथि पनि प्रतिबन्ध लागेपछि समस्या गम्भीर हुँदै गइरहेको देखिन्छ ।

पहिला भन्दा अहिले ओको स्वास्थ्यमा पनि सुधार भइरहेको बताइएको छ । अस्पतालमा ल्याइएपछि उनमा डिप्रेसनको लक्षण समेत देखा परेको चिकित्सकहरुले जानकारी दिए जसले उनी मानसिक रुपमा समेत अस्वस्थ रहेको पत्ता लागेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०७४  ००:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC