site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
शाहरुख–सलमानलाई पछि पार्दै बलिउड किङ बने राजकुमार राव
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै बलिउडका अवार्ड समारोह पनि सुरु हुन थालेका छन् । हालै बलिउडको स्टार स्क्रीन अवार्ड सम्पन्न भएको छ । आइतबारको बेलुका तामझामका साथ समारोहको आयोजना गरिएको थियो । समारोहमा कैयौं बलिउड स्टारहरुलाई अवार्डबाट सम्मानित गरिएको छ । 

बलिउड लाइफ डटकमका अनुसार सम्मानित बलिउड स्टारमध्ये अभिनेता राजकुमार रावले धेरै नै चर्चा बटुलेका छन् । उनलाई ‘न्यूटन’का लागि यो वर्षको ‘बेस्ट एक्टर’ घोषणा गर्दै विशेष सम्मान प्रदान गरिएको थियो । ‘न्यूटन’ मा उनले निभाएको प्रशंसायोग्य भूमिकाका लागि राजकुमार अवार्डका हकदार पनि थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले ‘बेस्ट एक्टर’ सँग–सँगै ‘न्यूटन’ बाटै अरु पनि अवार्डहरु जितेका छन् । राजकुमारले यो वर्ष अरु सबै सुपरस्टारहरुलाई पछाडि पारिदिएका छन् । शाहरुख खानलाई ‘बलिउड किङ’ भनिए पनि २०१७ उनका लागि उपलब्धिपूर्ण हुन सकेन । शाहरुखको कुनै पनि फिल्मले यो वर्ष बक्स अफिसमा अपेक्षाकृत सफलता पाउन सकेन । 

शाहरुखका ‘रईस’, ‘जब हैरी मेट सेजल’ नामक फिल्महरु प्रदर्शनमा आए पनि फ्लप रहे । उता राजकुमार रावका यस वर्ष प्रदर्शित ‘बरेली की बर्फी’, ‘बहन होगी तेरी’, ‘शादी मे जरूर आना’, ‘राब्ता’, ‘न्यूटन’ ले कमाइ राम्रो गरेका छन् । त्यस्तै ‘बलिउड दबङ’ सलमान खानको फिल्म ‘ट्यूबलाइट’ ले पनि बक्स अफिसमा खासै चर्चा कमाउन सकेन । यस कारण राजकुमार रावका लागि सन् २०१७ हिट बन्यो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०७४  ०२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement