काठमाडौं । बलिउडमा सलमान खान र कटरीना कैफ आफ्नो आगामी फिल्म ‘टाइगर जिन्दा है’ लाई लिएर चर्चामा छन् । हालै रिलिज भएको फिल्मको रोमान्टिक गीत ‘दिल दिया गल्लां’ मा दुवैको शानदार केमिस्ट्री सामुन्ने आएको छ ।
बलिउड बबल डटकमका अनुसार ‘टाइगर जिन्दा है’ को सोही गीत प्रमोट गर्न कटरीना कैफ टेलिभिजन कार्यक्रम ‘बिग बोस’ मा आएकी थिइन्, जसलाई फिल्मका अभिनेता सलमान खानले आफंै सञ्चालन गरेका थिए । बिग बोस मा दिइएको एक ‘टास्क’ का अनुसार घरका सदस्यहरुले अभिनेत्री कटरीना कैफलाई ‘इम्प्रेस’ गर्नु थियो ।
तर, घरकै सदस्य शिल्पा शिन्देले सलमान खानलाई यही ‘टास्क’ गर्नका लागि गरेको आग्रहमा सलमान खानले भने, ‘मैले पहिलेदेखि नै कटरीनालाई कैयौं पटक इम्प्रेस गरेको छु ।’’
उनले त्यसका लागि ‘रोमान्सका राजा’ अर्थात् शाहरुख खानको सहयोग लिएको पनि खुलासा गरे । उनका अनुसार शाहरुख खानको फिल्म ‘जब तक है जान’ को कविता सुनाउँदा कटरीना अत्यन्तै प्रभावित भएकी थिइन् ।