site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
डलर पर्खिंदा पद्मोदय उमाविको पुनर्निर्माण सुस्त, विद्यालय पुनर्निर्माणमा सरकार उदासिन
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंकै केन्द्रमा रहेर पनि पद्मोदय उच्च माविको भवन पुनर्निर्माण सुस्त देखिएको छ । ताइवानको बौद्धिष्ट चुची फाउण्डेशनले विद्यालय भवन पुनर्निर्माणको आश्वासन दिए पनि अन्तिममा आएर कुरा नमिल्दा करिब १५ सय विद्यार्थी टिन र चित्राले बारेको टहरामा अध्ययन गर्दै आएका छन् । 

सरकारको आवश्यक प्रक्रिया पर्खिंदा पुनर्निर्माणमा ढिलाइ भएको विद्यालयका सहप्रध्यापक नारायण गौतमले बाह्रखरीलाई बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र शिक्षा मन्त्रालयबीचमा विद्यालय भवन पुनर्निर्माणबारे हानाथाप हुँदा पुनर्निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । 

भूकम्प गएको केही महिनामै ताइवानको बौद्धिष्ट चुची फाउण्डेशनले पद्मोदय उमाविलाई आधुनिक भवन बनाइदिने प्रस्ताव राखेको र पद्मोदय उमावि र उक्त फाउण्डेशनबीच सहमति भए पनि चीनको ‘एक चीन नीति’को कारण देखाउँदै परराष्ट्र मन्त्रालयले चुची फाउण्डेशनलाई विद्यालय पुनर्निर्माणको जिम्मा नदिन विद्यालयलाई भनेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसपछि पद्मोदयको पुनर्निर्माण सरकार आफैंले गर्न लाग्दा भूकम्पपछिको दुई वर्ष त्यसै गुज्रिएको सहप्राध्यापक गौतमले बताए ।

गत कात्तिकबाट सुरु भएको यस विद्यालयको पुनर्निर्माणका लागि ५ करोड ८८ लाख बजेट अनुमान गरिएको छ । कुल लागतको ८८ प्रतिशत एशियाली विकास बैंकको सहयोग र बाँकी १२ प्रतिशत नेपाल सरकारको लगानीमा पुनर्निर्माण हुने पद्मोदय उमाविको ४ तले नयाँ भवनमा २४ कोठा रहने छन् ।

Global Ime bank

हाल यस विद्यालयमा खानेपानीको पर्याप्त सुविधा रहेको र लैगिंकमैत्री व्यवस्थित शौचालयसमेत रहेको सहप्राध्यापक गौतमले बताए । 

अन्य विद्यालयहरु ९० प्रतिशत पूरा 

काठमाडौंको काभ्रेस्थली मावि, यज्ञमति मावि, ग्रामसेवा मावि, जीतपुर मावि, बालवोध मावि, मणीचुड मावि, उग्रचण्डी मावि, महादेव मावि, पञ्चकन्या मावि, नैलिन मावि, महाँकाल मावि, फुटुङ मावि, वनदेवी मावि र  श्रद्धा माध्यमिक विद्यालयको भवन पुनर्निर्माणको काम ९० प्रतिशत पूरा भएको छ । बढीमा ६ कोठा रहने गरी पुनर्निर्माण भएका यी विद्यालयका लागि सरकारले गत आर्थिक वर्षमै बजेट छुट्याएको थियो ।

चालु आर्थिक वर्ष २०७४–०७५मा काठमाडौं जिल्लाका ३९ वटा विद्यालयको भवन पुनर्निर्माणका लागि सरकारले १० करोड ४८ लाख ४ हजार बजेट जिल्ला शिक्षा आयोजना कार्यान्वयन इकाईलाई प्रदान गरेको छ । 

बजेट पर्याप्त भए पनि चुनावका कारण पुनर्निर्माणको कामले गति लिन नसकेको नेपाल पुनर्निर्माण प्राधिकरणका अर्थशास्त्री रामकुमार श्रेष्ठले बताए । 

यस्तो छ नेपालभरको अवस्था

२०७२ वैशाख १२ मा गएको भूकम्पबाट ३१ जिल्लाका ८ हजार ४ सय ११ विद्यालयका २१ हजार १ सय ६९ कक्षाकोठा पूर्ण रुपमा, १२ हजार ५ सय २२ कक्षाकोठा अधिक रुपमा र १५ हजार ९ सय ९० कक्षाकोठा आंशिक रुपमा क्षति पुगेको प्राधिकरणका प्रवक्ता यमलाल भुषालले बताए । 

०७२ असारमा भएको दाता सम्मेलनका क्रममा एशियाली विकास बैंक र जाइकाले भूकम्प अति प्रभावित १४ जिल्लाका विद्यालय भवन पूनर्निमाणका लागि भूकम्प आपतकालीन सहयोग आयोजना र विद्यालय पुनर्निर्माण आयोजनाका लागि ऋण उपलब्ध गराउने बताएका थिए । 

गत वर्षको वैशाखबाट मात्र पुनर्निर्माण प्राधिकरणअन्तर्गत यस वर्षको वैशाखसम्ममा ३ सय २४ विद्यालयहरुको टेण्डर अघि बढेको मध्ये १ सय ४१ विद्यालयहरुको विद्यालयको पुनर्निर्माण कार्य जारी छ । 

नेपालभर हालसम्म १ सय ८० गैरसरकारी संस्थाले १ हजार ४ सय ६० विद्यालय पुनर्निर्माणको जिम्मा लिएकोमा ९ सय ६ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।
सरकारले ५ वर्षमा पुनर्निर्माण गरिसक्ने योजनाका साथ ०७२ माघ २ गते नेपाल पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो । 

देशका सरकारी कार्यालय, पुरातात्विक संरचना र विद्यालय पुनर्निर्माणमा सरकारको हालसम्मको उपलब्धीले योजनाअनुसार लक्ष्य हासिल गर्न गाह्रो हुने प्राधिकरणका प्रवक्ता भुषालले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०७४  १०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC