site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

मतदाता लोभलालचमा परेर बहकिन पनि सक्छन् । बलपूर्वक मतदाताको अधिकार खोस्ने प्रयत्न पनि हुनसक्छ । चुनावमा उमेदवार र तिनका समर्थकले ढाँट, छल, झुट, फरेब प्रयोग गरेर मतदातालाई बराल्न पनि खोज्छन् । यस्ता कुनै पनि कार्य नहुनु पर्ने हो तर भइरहेको छ । नेपालमा मात्र हैन अधिकांश गरिब मुलुकमा यस्तै हुनेगरेको छ । लोकतन्त्रमा निर्वाचनलाई जनताले सार्वभौम सत्ताको प्रयोग गर्ने मुख्य विधि मानिन्छ । शासनका लागि जनादेश प्राप्त गर्न बालिग मताधिकारका आधारम आवधिक निर्वाचन हुने गर्छ । यसैले निर्वाचन स्वच्छ र निष्पक्ष भएन भने वा मतदाता कुनै पनि रूपमा अलमलिए वा अनुचित प्रभावमा परे भने लोकतन्त्र नै कमजोर हुन्छ । मतदाताले आफ्नो ठानेनन् भने जति नै ठूलो बहुमत ल्याए पनि सरकार स्थिर हुनसक्तैन ।

नेपालमा मतदाताको निर्णयमा खोट देखाउने ठाउँ खासै देखिएको छैन । उनीहरुले मौका पाएका बेला राम्रै निर्णय गरेका छन् । नेपाली मतदाताले सबै ठूला दललाई मौका र सजाय दुवै दिएका छन् । दलका नेताले भने आफू वा आफ्नो दलले चुनाव हार्दा मतदाताको सधैँ अपमान गरेका छन् । चुनाव हार्नेबित्तिकै धाँधली भयो, मतदाता बिकेजस्ता आरोप लगाउँछन् । जनताले आपूmलाई मत नदिएको वा विश्वास नगरेको आत्मसात गर्दैनन् ।  अपमान नगर्नेहरूले पनि मतदाताको सम्मान गरेर चुनावका वाचा पूरा कहिल्यै गरेका छैनन् । सत्ताका लागि जनादेशविपरीत गठबन्धन गरेका छन् । अर्थात्, सामान्य मतदाताले हैन दलका नेताहरूले शासन पद्धति बिगारेका हुन् । यसैले मतदाताको निर्णयबाट शासनमा ठूलो परिवर्तन हुने अपेक्षा खासै राख्न सकिँदैन ।   

Prabhu Bank
Agni Group
NIC Asia

विगतमा नेपालीले संविधान सभाकै लागि दुईपटक मतदान गरे । दोस्रो संविधान सभाले निकै मुस्किलसँग संविधान बनायो । जारी भएलगत्तै संविधान संशोधन पनि गरियो । तैपनि संविधानलाई अझै एउटा समूहले पूर्णरूपमा आत्मसात गरेको छैन । अर्कातिर, शासन प्रणाली नै परिवर्तन गर्ने चाहना केही दलका नेताले प्रकट गरेका छन् । अर्थात्, प्रतिनिधि सभाको निर्वाचनपछि पनि राजनीतिक स्थिरताको चाहना पूरा नहुन सक्छ । यसपटक चुनावपूर्व गठबन्धन गर्ने अभ्यास सुरु भएको छ । यो चुनावपछिको अवसरवादी गठबन्धनभन्दा सकारात्मक हो । तर, स्थानीय निकायको निर्वाचनमा भएको गठबन्धनको हबिगत सम्झने हो भने यिनै पात्रबाट कुनै पनि प्रकारको राजनीतिक इमानदारीको अपेक्षा गर्नु मूर्खता हुन्छ । मतदाताले सकेसम्मको विवेक प्रयोग गरेर निर्णय गर्ने तथा जित्ने र हार्ने सबैले तिनको मतको सम्मान गर्ने हुन सक्यो भने पनि लोकतन्त्रको जित हुनेछ ।

मतदातालाई आफ्नो शक्तिको बोध गरेर मतदानमा विवेक प्रयोग गर्नुपर्छ । मताधिकारको प्रयोग नगरेर मतदाताको हित हुँदैन । निर्वाचन आयोगले सबै तयारी पूरा गरेको बताएको छ । सरकारले सुरक्षा प्रबन्ध सुदृढ बनाएको दाबी गरेको छ । मतदाताले तिनलाई विश्वास गर्नुको विकल्प छैन । आशा गरौँ, मतदान सहजरूपमा सम्पन्न हुनेछ । स्वतन्त्र, भयमुक्त र स्वच्छ मतदानबाट प्राप्त जनादेशको नैतिक वैधता पनि हुन्छ ।
 
 

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०७४  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC