site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यस्तो छ सैफ अलिको ‘कालाकाण्डी’
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिउड सुपरस्टार सैफ अली खानसँग यति बेला थुप्रै फिल्महरु छन् । फिल्म ‘शेफ’ पछि सैफ अली खान फिल्म ‘कालाकाण्डी’ मा देखिने भएका छन् । फिल्मको निर्देशन अक्षत वर्मा गरिरहेका छन् । 

फिल्मको निर्माण पक्षले ट्रेलर रिलिज गर्नु अघि बिहीबार फिल्मको पोस्टर रिलिज गरेको छ । पोस्टरमा एक हाथमा बन्दूक र एक हाथमा मदिराको गिलास लिएका सैफ फरक अन्दाजमा देखिएका छन् । पोस्टरमा फिल्मका अन्य पात्रहरु पनि देखिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

आगामी फिल्मका बारेमा बताउँदै अभिनेता सैफ अलि खानले भने, ‘‘फिल्ममा अण्डरवल्र्ड गुण्डा, बर्बाद भएका ब्याङ्कर्स र आदर्शवादी प्रेमीहरुका साथ मुम्बईको एक फरक दुनियालाई देखाइएको छ । जसमा प्रेम, अपराध र एक रातमा हुने विभिन्न घटनाहरुलाई समेटिएको छ ।’’ उनले यो फिल्मलाई आफुले अभिनय गरेको फिल्म मध्ये सर्वश्रेष्ठ फिल्म मानेको पनि बताए । 

फिल्म ‘कालाकाण्डी’ को ट्रेलर ७ डिसेम्बरमा रिलिज गरिने बताइएको छ । फिल्ममा सैफ अलि खानसँगै दीपक डोबरियाल, विजय राज, कुणाल राय कपूर, अक्षय ओबेराय, नील भूपलम, अमायरा दस्तूर र शोभिता धूलीपाला पनि देखिने भएका छन् । यो फिल्म आगामी जनवरी १२ मा प्रदर्शनमा आउने भएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  ०२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC