site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा
Ghorahi CementGhorahi Cement

एजेन्सी । इंग्लिश क्लब लिभरपुल यूएफा च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा स्पार्टाक मस्कोलाई ७ – ० को फराकिलो अन्तरले पराजित गर्दै लिभरपुलले नकआउट चरणमा स्थान बनाएको हो ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन फिलिप कौटिन्होले ह्याट्रिक गरे । त्यस्तै साडियो मानेले दुई गोल गर्दा रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले समान एक एक गोल गरे । जितसँगै लिभरपुलले समूह ई को बिजेता बन्दै अन्तिम १६ मा स्थान बनायो । लिभरपुल अन्तिम १६ मा पुग्ने चौथो इन्ग्लिश क्लब हो ।

Agni Group

समूह चरणको अन्तिम खेलपछि लिभरपुलले ६ खेलबाट १२ अंक जोड्यो । यो समूहबाट स्पेनको सेभियाले पनि अन्तिम १६ मा स्थान बनायो । सेभियाले बुधबार राति नै मेरिबोरसँग १ – १ को बराबरी खेलेको थियो । तर, सेभिया ९ अंक जोडेर समूह उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो ।  यो समूहबाट मस्को र मेरीबोर समूह चरणबाट बाहिरियो ।

च्याम्पियन्स लिग अन्तर्गत नै समूह जी बाट बेसिक्टास र एफसी पोर्टोले अन्तिम १६ मा स्थान बनायो । समूह विजेता बनेको बेसिक्टासले बुधबार राति आरबी लेइप्जिगलाई २–१ लरे पराजित गरेको छ । यस्तै समूह उपविजेता बनेको एफसी पोर्टोले मोनाकोलाई ५–२ ले स्तब्ध बनायो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC