एजेन्सी । इंग्लिश क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको समूह चरणमा पराजित भएको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा सिटी युक्रेनको शाख्तार दोनेस्कसँग २ – १ ले पराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा दोनेस्कको लागि बेर्नार्ड र इस्माइलीले समान एक एक गोल गरे । सिटीका लागि सर्जियो अग्युरोले एक गोल फर्काए । यो हारसँगै सिटीको सबैखाले प्रतियोगितामा रहदै आएको २८ औं खेलको अपराजित यात्रा समेत टुंगिएको छ ।
सिटीलाई घरेलु मैदानमा पराजित गर्ने क्रममा दोनेस्कले खेलको २६ औं मिनेटमा बेनार्डको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको ३२ औं मिनेटमा इस्माइलीले गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमा २ – ० को अग्रता बनायो । दोस्रो हाफमा खेलमा फर्किएको सिटीले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् । खेलको इन्जुरी समयमा अग्युरोले पेनाल्टीमा एक गोल गरेपछि सिटी २ – १ ले पराजित भयो ।
सिटीमाथिको जितसँगै दोनेस्कले समूह एफ को उपविजेता बन्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनायो । यसअघि नै नकआउट चरणमा पुगिसकेको सिटी समूह विजेता बन्यो । सिटीले १५ अंक जोड्यो भने दोनेस्कले १२ अंक जोड्यो ।