ad

निर्वाचन विशेष

प्रकाशमान भन्छन्–'हिरो' मै हुँ, रवीन्द्र भन्छन्, स्वघोषित 'हिरो' हुँदैन

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र र नेपाली कांग्रेसका प्रकाशमान सिहंले मतदानपछि खुशी साटासाट गरेका छन् ।

सिंहले काठमाडौं क्षेत्र नम्बर ७ मा पर्ने पकनाजोलको युवक उच्च मावि मतदान केन्द्रबाट र मिश्रले भैंसीपाटीको रत्नज्योती महिला परिवारबाट मतदान गरेपछि बबरमहलमाखुशी साटासाट गरेका हुन् ।


मतदानपछि मिश्र र सिंहले के भने ?

मतदानपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सिंहले पत्रकारले मिश्रलाई चर्चामा ल्याए पनि  ग्राउण्डको हिरो आफू भएको बताए ।

त्यस्तैगरी मिश्रले प्रतिद्धन्दी सिंहलाई जवाफ दिँदै स्वघोसित रुपमा कोही पनि 'हिरो' नहुने टिप्पणी गरे ।  'स्वघोसित रुपमा कोही पनि हिरो हुँदैन आत्म विश्वास हुनु एउटा कुरा हो, 'मिश्रले भने, 'आफूले आफैंलाई हिरो भन्नु अर्को कुरा हो । नतिजा आएपछि जनताले जसलाई हिरो बनाउँछन् त्यो नै बास्तविक हिरो हुन्छ ।'

उनले आफूहरुको लक्ष्य पूरा हुनेमा आशावादी रहेको पनि बताए । उनले भने, '६ वटा निर्वाचन केन्द्रमा हामीले भम्रण गर्यौें सबैमा शान्त पूर्वक व्यवस्तित ढंगबाट मतदान भइरहेको पायौं ।'

तपाईंको मत