site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्मिथ शिर्षमा यथावत, कोहली पहिलोपटक शिर्ष दुईमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अष्ट्रेलियन कप्तान स्टेभेन स्मिथ आइसीसी टेष्ट क्रिकेटको ब्याटिङतर्फ शीर्ष स्थानमा यथावत रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बिहिबार जारी गरेको टेष्ट ब्याट्सम्यानको नयाँ वरियतामा स्मिथ शिर्ष यथावत रहेका हुन् ।

स्मिथले ९३८ अंक प्राप्त गर्दै शिर्ष स्थानमा रहेका हुन् । इंग्ल्यान्डविरुद्धको एसेज सिरिजमा उलेख्य रन जोड्न नसकेपनि स्मिथले भारतका कप्तान विराट कोहलीलाई ४५ अंकले पछि पारेका छन् ।

आईसीसीले निकालेको नयाँ वरियतामा भारतीय कप्तान विराट कोहली भने पहिलोपटक दोस्रो स्थानमा उक्लिएका छन् ।  कोहली ८९३ अंक प्राप्त गर्दै शिर्ष दुईमा पुगेका हुन् । यसै साता श्रीलंकाविरुद्धको तीन खेलको टेष्ट सिरिजको दुई खेलमा लगातार दोहोरो शतक बनाएपछि कोहली शिर्ष दुईमा पुगेका हुन् । श्रीलंकाविरुद्ध सिरिजमा कोहलीले ६१० रन बनाएका थिए । उनले इंग्ल्यान्डका जोए रुट र न्युजिल्यान्डका केन विलियम्सनलाई पछि पार्दै दोस्रो स्थानमा उक्लेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

टेष्ट ब्याट्सम्यानको दोस्रो स्थानमा पुगेसँगै कोहली सबै खाले क्रिकेटको नम्बर एक ब्याट्सम्यान बन्ने लक्ष्यमा रहेका छन् । कोहली एकदिवसीय र टि – ट्वान्टी क्रिकेटको ब्याट्सम्यानतर्फ शिर्ष स्थानमा छन् । टेष्ट ब्याट्सम्यानको शिर्ष स्थानमा पुगेका कोहलीले अष्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्डीङले बनाएको रेकर्ड बराबर गर्ने छन् । उनले सन् २००५ डिसेम्बर देखि २००६ को जनवरीसम्म सबैखाने क्रिकेटको शिर्ष स्थानमा रहेर नयाँ इतिहास बनाएका थिए ।

टेष्ट क्रिकेटको वरियतामा  इंग्ल्यान्डका जोए रुट ८७९ अंक जोडेर तेस्रो र भारतका चेतेश्वर पुजारा ८७३ अंकका साथ चौथो स्थानमा रहेका छन्  । न्युजिल्यान्डका केन विलियम्सन ८६५ अंकसहित पाँचौं स्थानमा रहेका छन् ।

Global Ime bank

टेष्ट क्रिकेटकै ब्याट्सम्यानतर्फ अष्ट्रेलियाका डेभिड वार्नर, दक्षिण अफ्रिकाका हासिम अमला, पाकिस्तानका अजहर अली, श्रीलंकाका दिनेश चण्डीमाल र  दक्षिण अफ्रिकाकै डीन इल्गर क्रमशः छैटौंदेखि दशौ स्थानमा रहेका छन् ।

टेष्ट क्रिकेटको बलिङतर्फको नयाँ वरियतामा इंग्ल्यान्डका बलर जेम्स एण्डरसन ८९४ अंकसहित शिर्ष स्थानमा रहदा दक्षिण अफ्रिकाका कागीसो राबडा ८७९ अंक सहित दोस्रो स्थानमा छन्  । त्यस्तै भारतीय बलर रविन्द्र जडेजा तेस्रो, भारतकै रविचन्द्र आश्विन चौथो र श्रीलंकाका बलर रंगना हेराथ पाँचौ स्थानमा छन् ।

यस्तै टेष्ट बलरतर्फ अष्ट्रेलियाका जोस हाजालवुड, न्युजिल्यान्डका नेल वाग्नर, अष्ट्रेलियाका मिथेल स्टार्क, अष्ट्रेलियाकै नाथन लायन र दक्षिण अफ्रिकाका स्टेन डाले छैटौंबाट क्रमशः दशौं स्थानमा रहेका छन् ।

आईसीसीले जारी गरेको टेष्ट क्रिकेटको अलराउण्डरतर्फ बंगलादेशका शकिब अल हसन शिर्ष स्थानमा यथावत रहेका छन् ।  यस्तै भारतका रविन्द्र जडेजा दोस्रो, इंग्ल्यान्डका बेन स्टोक तेस्रो भारतकै रविचन्द्र आश्विन चौथो र इंग्ल्याण्डकै मोइन अली पाँचौ स्थानमा रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC