site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालले च्याम्पियनसिपको अन्तिम खेल शुक्रबार युएईसँग खेल्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले भोलि शुक्रबार युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । सातांै चरणको पहिलो खेलमा युएईसँग हार ब्यहोरेको नेपाल अन्तिम खेलमा भने जित हात पार्ने रणनीतिको साथमा मैदानमा उत्रिँदैछ ।

शेख जायद क्रिकेट रंगशालामा नेपाली समयअनुसार ११ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । युएईविरुद्धको पहिलो खेलमा नेपाल ७ विकेटले परािजत भएको थियो । कप्तान पारस खड्काको कप्तानीमा उत्रिएको नेपाली टिममा दुई नियमित खेलाडी दिपेन्द्रसिंह ऐरी र सागर पुन थिएनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आगमी फेब्रुअरीमा नामिवियामा हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिताका लागि तयारीको रुपमा रहेको यो खेलमा नेपालले केही नयाँ अनुहारलाई मैदानमा उतारेको थियो । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २२१ रन बनाएको थियो । नेपालको मध्यम स्कोरमा शरद भेषवाकर र उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । क्रिजमा टिकेर खेलेका शरदले अविजित रहँदै ८१ रन बनाए । शरदले ९५ बलको सामना गर्दै पाँच चौका प्रहार गरे । त्यस्तै बसन्त रेग्मी १४ रनमा अविजित रहे । 

Global Ime bank

त्यस्तै, नेपालको लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ८३ बलमा ६ चौकासहित ५४ रन बनाए । त्यसबाहेक नेपालका कप्तान पारस खड्का र सोमपाल कामीले समान २०–२० रन बनाउँदा ओपनर दिलिप नाथ १६ रन बनाएर पेभेलियन फर्किए । यस्तै, नेपालका विनोद भण्डारी ४ तथा आरिफ शेख शून्य रनमा आउट भए । युएईका जाहुर खानले २ तथा अहमेद राजा, मोहमद नाभिद र रोहन मुस्ताफाले समान एक एक विकेट लिए ।

२२२ रनको चुनौति पछ्याउदै ब्याटिङ गरेको युएईले निर्धारित ओभर सकिन २५ बल बाँकी छदा ३ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । युएईका लागि घुलाम सबिरले नटआउट नटआउट ८१ र कप्तान रोहन मुस्ताफाले ६२ रन बनाएका थिए ।

नामिवियामा हुने डिभिजन टुमा खेल्ने टिमको पनि छिनोफानो भएको छ । आईसीसी विश्व क्रिकेट लिगबाट नेपालसहित युएई, नामिबिया र केन्याले डिभिजन टु खेल्ने भएका छन् । त्यस्तै, ओमन र क्यानाडा रहेका छन् ।

यी ६ वटा टिम मध्ये शीर्ष दुई मा पर्ने टिम विश्वकप छनोटमा प्रवेश गर्नेछन् । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट नेदरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र हङकङ भने विश्वकप छनोटमा प्रवेश गरिसकेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC