site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
पहिलो चरणमा निर्वाचन भएका जिल्लामा मतगणना सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लामध्ये धेरैजसो जिल्लामा मतगणना सुरु भएको छ । मंसिर १० गते पहिलो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचन भएको थियो । 

पूर्वका जिल्लाहरु पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, ओखलढुंगा र सोलुमा गणना सुरू भएको छ । त्यस्तै, प्रदेश नम्बर ७ अन्तर्गत पर्ने बाजुरामा पनि मतगणना सुरु भएको छ । बाजुरामा साँझ ५ बजेबाट नै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बाजुरामा देशभरकै सबैभन्दा बढी मत खसेको थियो । बाजुरामा ५२ हजार ९४५ मत खसेको थपलियाले बताए । बझाङ र जाजरकोटमा पनि गणना सूरू भएको छ ।

धादिङमा पनि भर्खरै गणना सुरू भएको प्रमुख निर्वाचन अधिकृत इश्वर सिंखडाले जानकारी दिए ।  

Global Ime bank

पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, रूकुम (पूर्वी भाग) र  रोल्पा, रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,  दार्चुला, बझाङ, बाजुरामा निर्वाचन भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC