site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
गोरखा २ मा मतगणना सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय गोरखाले प्रतिनिधिसभाको मतगणना २ ठाउँबाट सुरु गरेको छ । दुईवटा निर्नाचन क्षेत्र रहेको गोरखामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना २/२ ठाउँमा सुरु गरिएको छ ।  

“प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना २/२ ठाउँमा र समानुपातिकतर्फको १/१ ठाउँमा गणना गर्ने तयारी गरिएको छ,” जिल्ला निर्वाचन अधिकृत एकनारायण लम्सालले भने, “मुचुल्का उठाएर बाक्सा खोलिसक्यौं, अब मतगणना सुरु भयो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

मतगणना स्थलमा तारजाली र सीसीटीभी जडान गरिएको छ । 

मतगणाका लागि एक ठाउँमा ७ जनाका दरले गणक निर्वाचन आयोगको निर्देशिका अनुसार खटिए पनि आवश्यकता परे थप गणकका लागि पनि कर्मचारी तयार रहेको लम्सालले बताए । 

Global Ime bank

उनले निर्वाचन आयोगको निर्देशन भन्दा अगाडि नै मतगणना सक्ने योजना बनाएको समेत बताए । ९८ हजार ६२२ मतदाता रहेको क्षेत्र हो भने २ मा ९० हजार ८२६ मतदाता रहेका छन् । 

गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकातर्फबाट चीनकाजी श्रेष्ठ र बाम गठबन्धनबाट हरिराज अधिकारी चुनावी प्रतिस्पर्धामा छन् । 

क्षेत्र नम्बर २ बाट बाम गठबन्धबाट नारायणकाजी श्रेष्ठ छन् भने उनलाई चुनौती दिने उमेदवारको रुपमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई हेरिएको छ । डा. भट्टराईलाई नेपाली कांग्रेसले समर्थन गरेको छ । यो क्षेत्रलाई डा. भट्टराई र नाराणकाजी श्रेष्ठले आफ्नो प्रतिष्ठाको लडाइँ रहेको बताएका छन् । तत्कालीन नेकपा माओवादीमा यी दुबै नेताले सँंगै काम गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC