site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । जिल्लाका सबै साथीभाइ र परिवारजन मतदानको तयारीमा रहँदा गुल्मीका बमबहादुर रोका मगर संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारीका लागि उड्न आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे ।  

दिउँसो १ः३० बजे विमानस्थलमा भेटिएका रोकामगर यातायात नचलेपछि दुई घण्टाको हिँडाइपछि विमानस्थल पुगेका रहेछन् । तन विदेशको यात्रामा लागेपनि उनको मन भने गाउँमा भइरहेको निर्वाचनमै थियो । 

उनले छिनछिनमा गाउँमा भइरहेको मतदानबारे मोबाइलबाट जानकारी लिइरहेका थिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

“संविधान कार्यान्वयनको महत्वपूर्ण अवसरको रुपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पहिलोपटक मतदान गर्ने तीव्र इच्छा थियो तर आजै दुबई उड्नुपर्ने बाध्यताले सहभागी हुन सकिनँ, असाध्यै दुःख लागेको छ” – उनले भने ।  

अपराह्न ४ः३० बजेको इत्तेहाद एयरबाट दुबई जान लागेका रोकामगरलाई एकातर्फ मतदान गर्न नपाएकामा खिन्नता थियो भने अर्कोतर्फ विमानस्थलसम्म हिँडेर पुग्दाको सास्ती थियो । 

Global Ime bank

नयाँ बसपार्क (गोंगबु) बाट तीनघण्टा पैदल हिँडेर विमानस्थल पुगेका चितवनका प्रभु साहलाई पनि मतदान गर्न नपाएकामा दुःख लागेको छ । 

अपराह्न साउदी अरब जाने तयारीमा रहेका साहले भने, “के गर्नु ? आजैका दिन उडान पर्यो । भोट हाल्न नपाएकामा असाध्यै दुःख लागेको छ । नियतिले विदेशिनुपर्ने बाध्यता आइलाग्यो ।” 


उनीहरु जस्तै सयौँको संख्यामा वैदेशिक रोजगारीका लागि जानेहरुले आज निर्वाचनका दिन सार्वजनिक यातायातको अभावमा कष्ट झेल्नुपर्यो ।  

विमानस्थलबाट वैदेशिक रोजगारीका लागि दैनिक एकहजार दुई सयदेखि एकहजार पाँच सयको हाराहारीमा नेपाली युवा खाडीसहितका विभिन्न मुलुक जाने गरेका छन् । 

मतदानकै दिन मलेसिया उड्ने तयारीमा रहेका सिरहाका धनकुमार यादव पनि पहिलो पटक मतदान गर्न नपाउँदा चिन्तित देखिन्थे ।  

परिवारको साथ भन्दा पनि मतदान गर्न नपाएकामा दुःख लागेको अनुभव सुनाउँदै उनले विदेशको पैसाभन्दा पनि भोट ठूलो लागेको भए पनि बाध्यताले विदेशिनुको विकल्प नभएको बताए ।  

मोरङका अर्जुन राम पनि मलेसिया जाने तयारीमा विमानस्थलमा भेटिए । टाढादेखि हिँडेर आउँदाको थकान उनमा प्रष्टै देखिन्थ्यो । उनले भने, – “उमेरले पनि पहिलो पटक भोट हाल्ने अवसर दिलाएको थियो तर पनि बाध्यता भोट खसाल्न पाइनँ । देशमा रोजगारीको अवसर छैन । अबको नेतृत्वले काम गरेर खाने अवसर दिलाइदिए हुन्थ्यो । यसरी कतिञ्जेल झोला बोकेर हिड्ने ?” 

वैदेशिक रोजगारीमा गएका कतिपय आज विमानस्थलमा ओर्लिए र उनीहरुलाई गन्तव्यसम्म पुग्न सवारीसाधन नभएर समस्या भएको देखियो । 

दुबहीबाट काठमाडौं आएका देवकी सुवेदी अपरान्ह सवारीसाधनको पर्खाइमा विमानस्थलमा छट्पटाउँदै थिइन् ।  

सुटकेस घिसार्दै विमानस्थलको बाहिर सडकमा हिँडिरहेकी सुवेदीले भनिन् – “अब कसरी जाने ? थानकोट पुग्नुपर्ने ट्याक्सीले कलंकी सम्मको तीन हजार मागे । आधा बाटो हिँडेर कसरी घर पुग्ने हो ?” 

मलेसियाबाट फर्किएकी काठमाडौँकी अंशु भण्डारी पनि सवारी साधन नपाएर सडकमै सुटकेस घिसारेर विमानस्थलको द्वारबाट बाहिरिँदै थिइन् ।  

सरकारले निर्वाचनलाई ध्यान राखेर सार्वजनिक गएराति १२ बजेदेखि आज मतदान हुने दिन साँझ ७ः०० बजेसम्म सवारी चलाउन निषेध गरेको थियो । 

पर्यटक यात्रुलाई पर्यटक बसको व्यवस्था गरिएको भएपनि अन्य यात्रुलाई विमानस्थल जान र घर फर्कन चाहने यात्रुलाई समस्या भयो । 

अन्तर्राष्ट्रिय उडान नियमित भएपनि तुलनात्मकरुपमा आज विमानस्थलमा यात्रुको चहलपहल निकै कम थियो । अन्तर्राष्ट्रिय उडान तालिकाअनुरुप नियमित भइरहेको भएपनि यात्रुको संख्या अत्यन्तै न्यून रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । उनका अनुसार आन्तरिकतर्फ आज करिब ८० प्रतिशत उडान कटौती भएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC