ad

राजनीति

बाजुरामा कांग्रेस र बाम गठबन्धनबीच ३ मतको झिनो अन्तर

काठमाडौं । मंसिर १० गते सम्पन्न पहिलो चरण अन्तरगतको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पछिल्लो मत परिणाम अनुसार बाजुरामा नेपाली कांग्रेस र कम्युनिष्ट गठबन्धनबीच कडा प्रतिष्पर्धा देखिएको छ । प्रतिनिधिसभा अन्तरगत राति २ वजेसम्म छ हजार ३४० मत गणना गर्दा कांग्रेस र गठबन्धनबीच तीन मतको फरक रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार बाजुरामा प्रतिनिधिसभा अन्तरगत कांग्रेसका कवीराज पण्डित तीन हजार ४५ र कम्युनिष्ट गठबन्धनबाट उमेदवारी दिएका एमाले उमेदवार लालबहादुर थापा तीन हजार ४२ मत प्राप्त गरेका छन् । बाजुरामा प्रदेश तर्फ भने कम्युनिष्ट गठबन्धनले अग्रता लिएको छ । प्रदेश ‘क’ अन्तरगत नेकपा एमालेका बलदेव रेग्मी तीन हजार ६३९ सहित अग्रस्थानमा छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस उमेदवार जनकराज गिरीले दुई हजार ४४१ मत प्राप्त गरेका छन् । प्रदेश ‘क’ मा अहिलेसम्म छ हजार ५२१ मत गणना भएका छन् ।

तपाईंको मत