ad

राजनीति

जाजरकोटमा माओवादीका शक्ति १७ सय बढी मतले अगाडि

काठमाडौं । मंसिर १० गते सम्पन्न पहिलो चरण अन्तरगतको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पछिल्लो मत परिणाम अनुसार जाजरकोटमा माओवादीले अग्रता बढाउँदै लगेको छ । जाजरकोटमा प्रतिनिधिसभा तर्फ माओवादी उमेदवार शक्तिबहादुर बस्नेतले कांग्रेसका राजीव बिक्रम शाहलाई झण्डै साढे १७ सय मतले पछि पारेका छन् ।

शुक्रबार बिहान सार्वजनिक गरिएको पछिल्लो मत परिणाम अनुसार कांग्रेस उमेदवार शाहले तीन हजार ७०३ मत ल्याउँदा माओवादी उमेदवार बस्नेतले पाँच हजार ५६० मत प्राप्त गरेका छन् ।

तपाईंको मत