site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भ्रष्टाचारजन्य क्रियाकलाप विश्वकै लागि चुनौतीः  प्रधानमन्त्री
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारजन्य क्रियाकलाप विश्वकै लागि चुनौती भएकाले सबै मुलुक मिलेर यसको सामना गर्नुपर्ने बताएका छन् ।  

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले अकूत र गैरकानुनी रुपमा आर्जित सम्पति अर्को मुलुकमा समेत राखिने प्रवृत्ति देखिएकाले यसको नियन्त्रणका लागि सबै मुलुकको सहकार्यको खाँचो र्औल्याएका हुन् ।  

Agni Group

उनले नेपाललाई भ्रष्टाचारविरुद्ध शून्य सहनशील मुलुकमध्येमा पार्न सरकार प्रयत्नशील रहेको उल्लेख गर्दै भ्रष्टाचारको नियन्त्रण र कारबाहीका लागि आयोगलाई आवश्यक स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।  

प्रधानमन्त्री देउवाले भने, “सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको छ, यसको कार्यान्वयन गरी समाजमा सदाचार स्थापनाका लागि सबैको सहयोग आवश्यक छ । यसका लागि विद्यमान कानूनमा आवश्यक पुनरावलोकनका लागि पनि हामी प्रयत्नशील छौँ ।” 

Global Ime bank

आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले सरकारी सम्पतिको हानी नोक्सानी र दोहनको प्रवृत्ति बढिरहेको उल्लेख गर्दै भ्रष्टाचार बढेमा विकास र समृद्धिमा प्रतिकूल असर पर्ने बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC