site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काठमाडौं–५ को मतगणनामा विवाद, मतदान अधिकृतको हस्ताक्षर नमिलेको भन्दै कांग्रेसको विरोध
Sarbottam CementSarbottam Cement

काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महत उमेदवार रहेको काठमाडौं क्षेत्र नं ५ मा मतगणनामा बारम्बार विवाद देखिएको छ ।

काठमाडौंका अन्य क्षेत्रमा मतगणना अन्तिम चरणमा पुग्दा क्षेत्र नम्बर ५ मा भने मतदान अधिकृतको दुई थरी हस्ताक्षर भएको भन्दै कांग्रेसले विवाद निकालेको हो । फरक हस्ताक्षर भएका करिब १० वटा त्यस्ता मतपत्र रहेको कांग्रेसको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार बेलुकादेखि विवादका कारण स्थगित सो क्षेत्रको मतगणना अहिले चलिरहेको छ । यद्यपि कांग्रेस उमेदवार महतले एकलौटी रुपमा मतगणना भइरहेको बताए ।

कांग्रेसले फरक हस्ताक्षर भएको मतपत्र बदर नगरेसम्म गणना मान्य नहुने बताइरहेको छ । तर, निर्वाचन अधिकृत चाणकमणि अर्यालले एउटै व्यक्तिले लामो र छोटो हस्ताक्षर गरेको भन्दै विवाद निकाल्न जरुरी नभएको बताए ।

Global Ime bank

उनका अनुसार गणनास्थलमा कांग्रेसका प्रतिनिधि पनि बसिरहेका छन् । 

यता एमालेले आफ्नो पक्षमा नतिजा नआउने देखिएपछि कांग्रेसले अनावश्यक विवाद निकालेको आरोप लगाएको छ । 

काठमाडौं ५ मा पछिल्लो नतिजाअनुसार एमालेका ईश्वर पोखरेल ५ हजार ५२२ मत ल्याउँदै अग्रता लिइरहेका छन् भने कांग्रेसका महतको ३ हजार १७३ मत आएको छ । तेस्रो स्थानमा रहेका विवेकशील साझाका उमेदवार उज्ज्वल थापाले १ हजार ९ मत ल्याएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC