site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निराशा र उन्माद नबढोस् 

निर्वाचनको परिणामपछि व्यक्त हुने प्रतिक्रिया आआफ्नै प्रकारका हुन्छन् । ती प्रतिक्रियाले प्रतिष्पर्धीलाई निकट बनाउन पनि सक्छ र दूरी अझै बढाउन पनि सक्छ । प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि भएको निर्वाचनपछिको प्रतिक्रियाले सम्बन्ध जोडोस्, नतोडोस् भन्नेतर्फ सबै गंभीर हुनु जरुरी छ ।

माओवादीले ०६४ सालमा प्रत्यक्षतर्फ एक सय स्थानमा जित हासिल गरेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादी नेता द्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई बालुवाटारमा बोलाएर बधाई दिएका थिए । ‘जितमा आत्तिने र मात्तिने नगर्नु होला, जनताको विश्वासलाई जोगाइराख्ने क्षमता प्रदर्शन गर्नु होला’ बधाई दिने क्रममा कोइरालाले भनेका थिए । उनीहरुले त्यतिबेलाको विश्वास जोगाउन सके कि सकेनन् त्यो सबैले थाहा पाएकै छौँ । 

यो निर्वाचनले कम्युनिस्ट गठबन्धनलाई त्यस्तै आग्रह गरेर जनताको विश्वास जोगाइराख्ने क्षमता प्रदर्शन गर्न आग्रह गर्नुपर्ने अवस्थामा उभ्याई दिएको छ । संयोगले यति बेलाका प्रधानमन्त्री पनि कोइरालाकै पार्टीका शेरबादुर देउवा छन् । कोइरालाले माओवादी नेतालाई बोलाएरै बधाई दिए र जनमतको सम्मान गर्न आग्रह गरे झैँ देउवाले पनि त्यो लोकतान्त्रिक संस्कार देखाएर जनमतको सम्मान गर्नुपर्ने परिस्थिति उत्पन्न हुँदैगरेको प्रारम्भिक मत गणनाले देखाइदिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

लोकतन्त्रमा निर्वाचन नियमित प्रक्रिया हो र जनमत जाँच्ने एकमात्र वैध आधार पनि हो । जनमतको सम्मान गर्ने हो भने हार्ने पक्ष निराश हुने वा आत्तिने गर्नु हुँदैन र जित्ने पक्षले पनि उन्माद प्रदर्शन गर्नु हुँदैन ।

यी दुवै पक्षमा यस्ता प्रवृत्ति देखिए भने त्यसको नकारात्मक असर नेपालको लोकतन्त्रीकरण प्रक्रियामा पर्नेछ । हिजो २०६४ पछि माओवादीले कोइरालाको बधाई दिँदाको आग्रहको गहिराइलाई महसुस गर्दै अगाडि बढेको भए परिस्थिति अर्कै हुन्थ्यो । देश अहिलेसम्म संक्रमणकालको गोलचक्करमा फस्ने थिएन । उन्मादमा अलिकति लगाम लगाउन सकेको भए र विपक्षीलाई ‘हरुवा, चरुवा’ भन्दै होच्याउनुको साटो सहकार्य गर्न सकेको भए त्यति बेला नै संविधान बन्थ्यो र मुलुकको समृद्धिको यात्रा प्रारम्भ भएको ५ वर्ष नाघिसकेको हुन्थ्यो । 

Global Ime bank

निर्वाचनले बनाइदिएको ‘पोजिसन’लाई सहज रूपमा ग्रहण गरी जिम्मेवारीबाट ओतप्रोत हुनु अब दलहरुको प्रथम दायित्व हुनुपर्छ । उन्मादले ल्याउन सक्ने नकारात्मक परिणाम रोक्न र निर्वाचन पहिले आशंका गरिए झैँ कुनै पनि प्रकारको अधिनायकवादी चरित्रलाई असंभव तुल्याउन लोकतान्त्रिक संस्थाहरुको सबलताको पक्षमा दृढताका साथ उभिने र संविधानले परिकल्पना गरेको पद्धतिमा आधारित भएर राज्य सञ्चालन गर्न सत्तासीनहरुलाई खबरदारी गर्ने सबालमा नेपाली कांग्रेस खरो रुपमा उत्रनु पर्छ । त्यस्तै, पराजित पक्ष निराश हुने अवस्था आउँछ कि भनेर सचेतताका साथ उनीहरुको मनोबल बढाउँदै राष्ट्रनिर्माणको प्रक्रियामा लोकतान्त्रिक संविधानले अपेक्षा गरे अनुसारको भूमिका स्थापित गराइदिने र सहकार्यको संस्कृतिको विकास गर्ने सन्दर्भमा विजेता पक्ष गंभीर हुनुपर्छ । सहकार्यको संस्कृतिको अपव्याख्या गरी भागबण्डाका अभ्यास गर्ने पुरानो संस्कारलाई पनि त्याग्न जरुरी छ ।

भागबण्डाले मुलुकका सक्षम नागरिकले अवसर पाउँदैनन् र राज्य प्रदत्त सेवासुविधामा सामान्य नागरिकको समान पहुँच स्थापित हुन सक्तैन । यसमा अब सबै राजनीतिक दल स्पष्ट हुनु जरुरी छ । अवसरको अभावमा दक्ष जनशक्ति बाहिरिने र राज्यप्रदत्त सेवासुविधाबाट नागरिक वञ्चित हुने क्रम नरोकिए नेपालको लोकतन्त्र अझै पनि कमजोर भइरहने छ । 

यस निर्वाचनपछि दुईवटा महत्वपूर्ण संस्था निर्माण हुनेछन्, जस्ले नेपाललाई लोकतन्त्रको बाटामा हिँडाउन कानुन बनाउनेदेखि कानुन पालनाका क्रममा समस्या उत्पन्न भए त्यसको समाधान खोज्नेछन् । त्यतिमात्र हैन, नेपालको राजनीति र राज्य सञ्चालनको तौरतरिकालाई जनभावनाअनुसार तुल्याउन पनि भूमिका खेल्न सक्छन् । ती संस्था भनेका प्रतिनिधि सभा र प्रदेश सभा हुन् ।

यिनलाई नेताका कोठे निर्णयमा ल्याप्चे ठोक्ने संस्थामा सीमित गर्ने धृष्टता कतैबाट हुनुहुँदैन । निर्वाचन परिणाम स्वीकार्दै त्यसले तय गरेको स्थानमा बसेर सहकार्य गर्ने लोकतान्त्रिक संस्कृतिको उच्चअभ्यास मार्फत् ती संस्थालाई जीवन्त बनाउन नेतृत्व पंक्ति तयार रहनुपर्छ । प्रतिपक्षले खबरदारी त गर्छ नै लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउने विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्ने विशिष्ट दायित्व यति बेला छ । भागबण्डाको खेलले लोकतन्त्र कमजोर बनाउने हो भन्नेमा प्रतिपक्ष प्रष्ट हुनु जरुरी छ । 
कम्युनिस्ट गठबन्धनले दिएको एउटा नारा स्थिरताको हो । तर, यसका लागि नेतृत्वको धैर्य र सहकार्य अपरिहार्य सर्त हो । हाम्रो नेतृत्वमा यो धैर्य देखिँदैन । यो समस्या बन्नुहुँदैन बरु नेतृत्व सँच्चिनु पर्छ । 

अहिले चुनाव जित्न गैरराजनीतिक पृष्ठभूमिका, समाजमा राम्रो छवि नभएका र पैसाको आडमा राजनीतिमा हैसियत बनाएकाहरूको प्रभाव र संभाव्य हस्तक्षेप अस्वीकार गर्नसक्ने क्षमता सबैभन्दा महत्त्वपूर्ण हो । यो क्षमता अबको नेतृत्वले देखाउनु आवश्यक छ । होइन भने, उनीहरूका लागि हरेक क्षेत्रमा सिन्डिकेट खडा गर्ने सहजकर्ताका रूपमा मात्र सरकार रहन पुग्नेछ । 

यी र यस्ता थुप्रै चुनौती हाम्रा सामु छन् । ती चुनौतीलाई सामना गर्न सबै शक्तिबीचमा औचित्वपूर्ण एकता जरुरी छ । त्यो औचित्वपूर्ण एकताको आधार तयार गर्न तीनवटा पक्षमा ध्यान दिन जरुरी छ । पहिलो, निर्वाचनले दिएको परिणाम स्वीकार गर्दै आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न प्रतिबद्ध हुनुपर्छ । दोस्रो, विजेता पक्षले उन्माद र अहंकार त्याग्नु पर्छ तथा पराजित पक्षले  निराशा र कुण्ठालाई स्थान दिनु हुँदैन । तेस्रो, सहकार्यको संस्कृति हो ।

यो सहकार्य भागबण्डा बन्नु भने हुनुहुँदैन । लोकतान्त्रिक संविधानले लोकतान्त्रिक पद्धतिलाई सुदृढ बनाउन सत्तापक्ष तथा विपक्षसँग फरक फरक भूमिका र दायित्वको अपेक्षा गरेको छ । संविधानले अपेक्षा गरेको दायित्व निर्वाहका क्रममा सहकार्य जरुरी हुन्छ । यी तीन विषयमा ध्यान पुग्यो  भने निर्वाचनपछिको अवस्थाले जनतामा निराशा थप्नेछैन । यस्ले लोकतान्त्रिक संस्कृतिलाई प्रबद्र्धन गर्दै लोकतन्त्रलाई सुदृढ बनाउने छ । अबको राजनीतिलाई यस दिशामा लैजान जनमतले सबैलाई प्रेरित गरोस् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०७४  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC