site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कांग्रेसले गर्‍यो तनहुँमा पुनः मतदानको माग, फर्जि मत मिसाइएको दाबी  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसले तनहुँ क्षेत्र नम्बर २ को (क) मा पुनः मतदानको माग गरेको छ । कांग्रेस उमेदवार प्रदीप पौडेलको क्षेत्रमा कम्युनिष्ट गठबन्धनले धाँधली गरेको कांग्रेसको ठहर छ ।

कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा धाँधलीयुक्त मतगणनाको परिणामलाई कांग्रेसले अस्वीकार गर्ने पनि उल्लेख गरिएको छ ।

“संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण कडीको रुपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा गत २०७४ मंसिर २१ गते भएको निर्वाचनमा तनहुँ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा १ को मतगणना गर्दा विभिन्न वुथका ५ वटा वाकसमा जम्मा खसेको मत २३२८ भनी मुचुल्का गरिएकोमा मत गणना पश्चात जम्मा सदर तथा वदर मत संख्या २३७० देखिएको घटनाले मतगणनाका क्रममा फर्जि मत मिसाइएको तथ्य स्वतः स्पष्ट भएको छ,” विज्ञप्तिमा भनिएको छ, “मतगणनामा संलग्न कर्मचारीको प्रत्यक्ष संलग्नता र निर्वाचन अधिकृतको संरक्षणमा गरिएको उक्त धाँधलीयुक्त मतगणनाको परिणामलाई नेपाली कांग्रेस अस्वीकार गर्दछ । विधि र प्रक्रिया विपरित धाँधलीपूर्ण तरिकाले ४२ मत बढी देखाएर गरिएको अवैधानिक मतगणना र घोषित परिणामलाई वदर गरी उल्लेखित अन्तिम चरणमा मतगणना गरिएका अमरज्योति आ.वि. ग्यारसिं, जनजुक्त शाही मा.वि. (क), जनजौकुमारी शाही आधारभूत विद्यालय (क) म्याग्दे ७, व्यास ५ को उदय मा.वि. ठुलोटार (ख) र म्याग्दे वडा नं. ४ को मिन मा.वि. समेतका ५ वटा मतदान केन्द्रमा पुन मतदानको व्यवस्था गरी स्वच्छ र निष्पक्ष निर्वाचनको प्रत्याभूति प्रदान गरियोस् भन्ने नेपाली कांग्रेस जोडदार माग गर्दछ ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC