site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुरक्षित उडानका लागि बुद्ध एयरले अत्याधुनिक प्रविधि अपनाउँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बुद्ध एयरले सुरक्षित उडानका लागि सुरक्षित तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुरक्षित प्रविधि अपनाउने भएको छ । 
कम्पनीले यात्रु र चालक दलको सुरक्षा सबैभन्दा महत्वपूर्ण भएको भन्दै खतरायुक्त उडानबाट हुने छोटो प्रतिफलभन्दा सुरक्षित यात्रामा विश्वास गर्न उक्त प्रविधि अपनाउने जनाएको हो । 

कम्पनीका अनुसार उडान सञ्चालन समुहले उच्चतम् प्रविधि र प्रणालीमार्फत उडान सुरक्षाका लागि काम गर्दछ । ती सदस्यहरुले ‘नेक्ट जेनेरेसन’, ‘सिस्टम नोटप्याड’, ‘डिस्प्याच लक’ लगायत प्रणालीको प्रयोग गर्दै समयमै सुरक्षित उडान भर्ने व्यवस्था मिलाउने बुद्ध एयरले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सुरक्षित उडानका लागि हरेक किसिमको तयारी गरेको बुद्ध एयर अन्र्तगत अपरेशन कन्ट्रोल सेन्टरका प्रवन्धक उमेश खड्काले जानकारी दिए । “अपरेशन कन्ट्रोल सेन्टरले विमानस्थलमा मौसमको अवस्था, आकस्मिक अवतरणका लागि भैपरी आउने विमानस्थलको अवस्था, जहाज लगायतको सुक्ष्म अध्ययन गरी पूर्ण रुपमा यात्रा सुरक्षित बनाउने गर्दछ,” उनले भने “हरेक दिनका उडान सञ्चालनका चुनौतिपूर्ण हुन्छ ।” 

उनका अनुसार सेण्टरको उद्देश्य सूचिकृत उडानहरुलाई समयमै विश्वसनीय र सुरक्षित तवरले पठाउनु हुनेछ ।

Global Ime bank

\"\"
कम्पनीले यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकतामा राखेको छ । अपरेशन कन्ट्रोल सेन्टर र उडान गराउने समूह सधैं कुन उडान सञ्चालन गर्ने र कुन उडानलाई रद्द गर्ने भन्ने तत्परताका साथ बस्नुपर्ने बुद्ध एयरले जनाएको छ ।

\"\"

पछिल्लो समय बढ्दो एयर ट्राफिकका कारण समयमै उडान भर्नु निकै चुनौती रहेको कम्पनीको भनाइ छ । 
कहिलेकाही धावनमार्ग चर्कँदा/बिग्रिँदा घण्टौ उडान स्थगित हुने गर्दछ ।  कुनै बेला गन्तव्यका विमानस्थलहरु खराब मौसम र कम भिजिबिलिटीका कारण नखुल्ने बुद्ध एयरको भनाई छ ।
त्यसैगरी उडान र अवतरण गरिने विमानस्थलमा मौसमको समस्या नभए पनि आकस्मिक अवतरणका लागि पहिचान गरिएको विमानस्थलमा उक्त समस्या हुन जान्छ । जसकारण  उडान विलम्व÷रद्द हुने कम्पनीले बताएको छ । 

\"\"

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC