site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चितवन (रासस) । यही मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका– ३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरूको शव त्रिशूलीका विभिन्न स्थानमा विभिन्न मितिमा फेला परेका हुन् । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बेपत्ता भएका सन्धिखर्क– ९ का दुर्गाबहादुर कार्की, अर्घाखाँची, खन नगरपालिकाकी मनिषा थापा र गैँंडाकोट नगरपालिका–३ का विकास रेग्मीको शव फेला परेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्की र थापाको शव घटनास्थलबाट केही तल तथा रेग्मीको शव मुग्लिनबाट नारायणगढतर्फ कालीखोला किनारमा फेला परेको हो । 

सो घटनामा सात जना बेपत्ता भनिएकामा यसअघि सनाखत गरिएको भनिएका अमरबहादुर शाही नभई नवराज बञ्जाडे रहेको प्रहरीले जनाएको छ । 

Global Ime bank

परिवारको निवेदनका आधारमा प्रहरीले बञ्जाडेसहित सात जना बेपत्ता भन्दै आएको थियो । बञ्जाडेका साथमा शाहीको परिचयपत्र भेटिएपछि सोही आधारमा सनाखत भनिए पनि सनाखत भएका व्यक्ति शाही नभएर बञ्जाडे भएको प्रहरीले जनाएको छ । शाही काठमाडौँमै सकुशल रहेको प्रनाउ ढकालले बताए ।

उनका अनुसार परिवारको निवेदनका आधारमा अझै बेपत्ता भएकामा गैँंडाकोट ३ की कोपिला पोखरेल, अर्घाखाँचीकी हुमकला राहु मगर र अर्घाखाँची रौनामैनाका शंकर कुँवर छन् । बेपत्ता भएका अन्यको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्म केसीले जानकारी दिए ।सो घटनामा मृतकको संख्या १० पुगेको छ । घटनामा २२ जना घाइते भएका थिए । लु २ ख २९१ नं को उक्त बस काठमाडाँैंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नं को ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूलीमा खसेको थियो ।  यसैबीच अर्का एक पुरुषको शव पनि फेला परेको छ । उनी कुन दुर्घटनामा परेका हुन् भन्ने खुलेको छैन । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४  ०५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC