site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

राज्यका निकायहरू षड्यन्त्रको गोटी बन्न थाल्यो भने कानुनको शासन उपहासमा सीमित हुन्छ । निर्वाचन आयोग कैलालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रेसम चौधरीलाई प्रमाणपत्र दिन आलटाल गरेर रकमी षड्यन्त्रमा संलग्न भएको भान परेको छ । चौधरीविरुद्ध दायर गरिएको मुद्दामा प्रमाण पुर्याउने र अदालतबाट सजाय दिलाउने प्रहरीको कर्तव्य हो । कैलालीको टीकापुरमा २०७२ साल भदौमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिले गरेको आन्दोलनका क्रममा भएको झडपमा एक जना एसएसपीसहित ७ जना सुरक्षाकर्मीको आन्दोलनकारीले हत्या गरेका थिए । भिडकै उन्मादमा एक जना अबोध बालकको पनि हत्या भएको थियो । त्यस घटनामा रेसम चौधरीलगायतमाथि कर्तव्य ज्यानसमेतमा मुद्दा दायर गरिएको छ । टीकापुर नरसंहारको नामले कुख्यात यस घटनामा अभियुक्त बनाइएपछि लुक्तै आएका चौधरी राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उमेदवार भएका थिए । उनको उमेदवारी पनि वारेसनामाबाटै दर्ता गरिएको थियो । 
विजयी उमेदवारलाई प्रमाणपत्र दिन रकमी बहाना बनाएर आलटाल गर्नु उचित होइन ।  निर्वाचित जनप्रतिनिधिललाई प्रमाणपत्र दिनु निर्वाचन आयोगको काम हो । प्रमाणपत्र दिन आलटाल गर्दैमा रेशम चौधरीले पाएको मत बदर हुने वा त्यस क्षेत्रको निर्वाचन परिणाम दोहोरिने पनि हैन । बरु, चौधरीलाई अन्याय गरिएको सन्देश उनका समर्थक मतदातामा सम्प्रेषण हुन्छ । यसले नेपाली समाजलाई झन् खबल्याउन सक्छ । आयोगले अहिले वारेसमार्फत् प्रमाणपत्र दिन नसकिने तर्क दिएको समाचार छ । तर, यही निर्वाचनमा आयोगले अरू केही विजयी उमेदवारलाई वारेसमार्फत् प्रमाणपत्र दिइसकेको छ । राज्यको संवैधानिक निकायले लोकतन्त्रमा यसरी व्यक्तिपिच्छे बेग्लाबेग्लै व्यवहार गर्न मिल्दैन । यसबाट राज्य नै चौधरीविरुद्ध लागेको सन्देश जान्छ । 
निर्वाचित हुँदैमा कुनै पनि व्यक्तिले विगतमा गरेको अपराधबाट उन्मुक्ति पाउँदैन । रेसम चौधरीले पनि टीकापुर नरसंहारमा दोषी ठहर भएमा सजाय भोग्नैपर्छ । प्रतिनिधि सभाको सदस्य भइसकेपछि उनले पनि अब न्ययिक प्रक्रियाको सम्मान गरेर आफूलाई प्रहरीसमक्ष उपस्थित गराउनु नै वाञ्छनीय हुन्छ । तर, त्यस प्रक्रियामा निर्वाचन आयोगको भूमिका प्रहरीको सहयोगी हुनु वा बनाउनु हुँदैन । यसले निर्वाचन आयोग र प्रकारान्तरले राज्य तथा शासन पद्धतिप्रति नै जनविश्वास कमजोर हुनेछ । 
पञ्चायतकालमा पनि एकपटक सरकार र निर्वाचन आयोगबीच यस्तै परिस्थिति उत्पन्न भएको थियो । रामराजाप्रसाद सिंह स्नातक निर्वाचन क्षेत्रबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित नहोऊन् भन्ने राजा महेन्द्रको इसारा हुँदाहुँदै पनि तत्कालीन प्रमुख निर्वाचन आयुक्त पूर्णप्रसाद ’ब्राह्मण’ले उनलाई विजयी घोषित गरिदिए । राजाको चाहनाविपरीत कर्तव्य पूरा गरेकाले उनले राजीनामासमेत गरे । तर, सिंहलाई पराजित घोषणा गर्न चाहेनन् । निर्वाचन आयोगको स्वतन्त्र छवि र साख जोगाउन पनि चौधरीलाई प्रमाणपत्र दिइनुपर्छ । त्यसपछि कानुनी प्रक्रिया पूरा गरेर प्रहरीले मुद्दा चलाइयोस् । रेसम चौधरी अपराधी भएको प्रमाण पुग्यो भने जनताले चुनाव जिताउँदैमा उनी सजायबाट उम्कन पाउँदैनन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC