साहित्य
काठमाडौं । माघ २६ गतेका लागि रिलिज डेट लिएको चलचित्र ‘कान्छी’ ले आफ्नो प्रदर्शन मिति सारेको छ । ‘कान्छी’ अब फागुन ४ गते प्रदर्शन हुने भएको छ ।
उक्त मितिमा अनमोल केसी अभिनित चलचित्र ‘कृ’ प्रदर्शनमा आउने भएपछि ‘कान्छी’ मिति सारिएको हो । अभिनेत्री श्वेता खड्काको निर्माण र अभिनय रहेको चलचित्रलाई आकाश अधिकारीले निदेर्शन गरेका छन् ।
चलचित्रमा श्वेताको साथमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४ १७:३१
प्रतिक्रिया दिनुहोस्